काठमाण्डौ । वैज्ञानिकहरुको एक समूहको लामो अनुसन्धानले बच्चा पैदा गर्ने प्रक्रियामा महिला नचाहिने खोजमा सफलता हात पारेको छ । उनीहरुले दाबीका साथ भनेका छन् अब अण्डाणुको सहयोगबिना नै बच्चा जन्माउन सकिनेछ । 

वैज्ञानिकहरुको एउटा समूहले मुसामा यस सम्बन्धी सफल प्रयोग गरेको छ । उनीहरुले दुई भाले मुसाको मद्धतबाट नै स्वस्थ बच्चा जन्माउन सफल भएका बीबीसीले जनाएको छ । 

यो प्रयोगमा उनीहरुले शुक्राणुको मात्र मद्धत लिएका थिए । नेचर कम्युनिकेसन जर्नलमा छापिएको यो शोधको निश्कर्षबाट यो पत्ता लागेको छ कि भविष्यमा बच्चा पैदा गर्ने प्रक्रियाबाट महिलालाई परै राख्न सकिन्छ । अर्थात, महिलाबिना पनि बच्चा जन्माउन सकिनेछ । 

बाथ युनिभर्सिटीका बैज्ञानिकले एक अनिषेचित अण्डाको प्रयोगबाट यो अनुसन्धान सुरु गरेका थिए । उनीहरुले रसायनको प्रयोग गरी एक नक्कली भ्रुण बनाएका थिए । 

यस्ता नक्कली भ्रुणको कयौं  विशेषता दोश्रो आम कोशिकाको जस्तै थियो । जस्तो कि यो छालाको कोशिका जस्तै विभाजित हुन्थे र आफ्नो डिएनएलाई नियन्त्रित गर्थे । 

शोधकर्ताको दाबी अनुसार यदि मुसाको नक्कली भ्रुणमा शुक्राणुको राखेर स्वस्थ मुसाको बच्चा जन्माउन सकिन्छ भने अधिक संभावना छ कि भविष्यमा कुनै दिन मानिसको समेत अण्डाको अलावा अर्को कुनै कोशिकाको मद्धतबाट बच्चा पैदा गर्न सकिनेछ । 

शोधकर्ता टिममा रहेका एक डाक्टर टोनी पेरीले बीबीसीलाई भनेका छन् –‘यो पहिलोपटक हो, जब अण्डाको अलावा कुनै अर्को चिजमा शुक्राणुलाई मिलाएर बच्चा पैदा गरिएको । यसले २ सय वर्ष पुरानो सोंचलाई नै उल्टाइदिएको छ ।’ 

यो अध्ययनको मुख्य उद्देश्य शोधकर्ताले निषेचनको वास्तविक प्रक्रियालाई राम्रोसँग बुझ्नु थियो । किनकि जब कुनै शुक्राणुको साथ फर्टिलाइजेसन हुन्छ, तब साच्चिकै के हुन्छ भन्ने कुरा अहिलेसम्म रहस्य नै बनिरहेको थियो । 

यसबाट यस्तो बुझ्न सकिन्छ कि कुनै अण्डाणु कुनै शुक्राणुको डिएनएसँग त्यसको रासायनिक संरचनाको समेत आफूमा समाहित गर्छ, त्यसमा नयाँ रुप प्रदान गर्छ । 

यसरी शुक्राणु एक भ्रुणमा समाहित हुन्छ, तर यो रुप परिवर्तन कस्तो हुन्छ, त्यो बिषयमा चाहि खासै स्पष्ट भइसकेको छैन । 

बच्चा पैदा गर्ने प्रक्रियामा अण्डाणुको भूमिका अन्त हुने भएपछि सामाजिक सम्बन्धमा निकै ठूलो उथलपुथल हुनसक्छ । 

डाक्टर टोनी पेरीका अनुसार भविष्यमा शरीरको कुनै पनि आम कोशिकासँग शुक्राणुको मिलन गराएर भ्रूण बनाउन सकिन्छ । 

यदि यसलाई अर्को शब्दमा बुझ्ने हो भने दुई पुरुष मिलेर बच्चालाई पैदा गर्न सक्नेछन् । यसमा एक आफ्नो शुक्राणु र अर्को चाहि आफ्नो शरीरको कुनै पनि कोशिका दिएर यो काम गर्न सकिनेछ । 

वा, एकै पुरुष पनि आफ्नो शुक्राणु र आफ्नो शरीरको कुनै पनि कोशिकाको मद्धतबाट बच्चा पैदा गर्न सक्षम हुनेछ ।