काठमाण्डौ । मौसम चिसिँदै गर्दा सेयरबजारको पारो भने निकै ताकेको छ । करिब ३ महिनादेखि साइडवेजमा रहेको सेयर बजार गत साताको आइतबारदेखि नेप्से सूूचकांकमा लागेको गतिले विश्राम लिएको छैन । 

लघुवित्त उपसमूूहका सेयरमूल्यमा आएको उछालले तङ्ग्रिदै गरेको बजारमा हिजो(बिहीबार)बाट इन्स्योरेन्स उपसमूह समेत चम्कन थालेको छ । नियमित र अनुशासित अंकको वृद्धि तथा कारोबार रकम तीन गुुणा बढेर पौने अर्ब पुुग्दा लगानीकर्ताहरुमा आत्मबल बलियो बन्दै गएको छ । यससँगै लगानीकर्ताहरुमा बजारको बढोत्तरीले निरन्तरता पाउला वा ब्रेक लाग्ला भन्ने तीव्र उत्सुकता देखिएको छ । 

बजारको यो वृद्धि कत्तिको दिगो हो ? के अब बजारले बुलिस प्रवृतितर्फको यात्रा तय गर्न थालेको हो ? आगामी दिनको बजारले कस्तो गति लिनसक्ला ? यिनै विषयमा केन्द्रीत रही हामीले केही विश्लेषक, अगुवा लगानीकर्ता लगायतलाई सोधेका छौं । हेरौं कसले के भने:

भरत रानाभाट(अध्यक्ष)-स्टक ब्रोकर्स एशोसिएसन अफ नेपाल
बढ्दो मार्केटमा सेक्टर वाइज बढ्नुुले आगामी दिन निकै सुुखद नै हुन्छ । नेपाली सेयर बजारमा बढिरहेको बजारमा लगानीकर्ताहरु भिन्दाभिन्दै उपसमूूहमा शिफ्ट हुुने परिपाटी पहिलेदेखि नै चलिरहेकै हो । बिस्तारै बजारले पोजिटिभ सिग्नल दिन थालेको मेरो बुुझाइ छ । 
अब बढ्ने समय आएको छ । निरन्तर ७–८ दिनदेखि बजार बढेकाले चलखेल गरेर बजार नबढाइएको स्वतः प्रमाणित हुुन्छ । नेप्से ११ सय तल नझर्नुुलाई लगानीकर्ताहरुको आत्मबल नै हो जस्तो लाग्छ । अहिले पनि ५ प्रतिशतको मात्र बढोत्तरी भएकाले यही विन्दूूमा समेत लगानी गर्ने उपयुुक्त समय हो । आगामी १–२ दिन बजार घटिहाले पनि निरन्तर दुुई हप्ता बढेको बजारमा करेक्सन आएको बुुझ्न जरुरी छ । जसरी पनि बजार त अब बढ्ने नै हो । करेक्सन हुँदै बजार बढेमा बजार अझ परिपक्व हुने मेरो ठम्याइँ हो । राम्रा स्क्रिप्ट छनौट गरी लगानी गरे सुुनौलो अवसर हुुनसक्छ ।

विष्णुु बस्याल-प्राविधिक विश्लेषक
मैले हिजोआजको बजारको बढाइले पोजिटिभ लिएको छैन । हाल लघुवित्तहरुले उचालेको बजार सस्टेनेबल होला कि । यही खालको र्याली गत वर्षको डिसेम्बरमा देखिएको थियो । माइक्रो, जीवन बीमा र निर्जीवन बीमामा क्रमशः १७ प्रतिशत, ३२ प्रतिशत र २४ प्रतिशतले बढेकै हो । तर बजार बढ्नै सकेन । अघिल्लो वर्ष ३६ हप्तासम्म रहेको यस्तो र्यालीले समेत बजार बढाउन सकेन । ३६ हप्तापछि रिटेस्ट गरिछाड्यो । नेप्से १२ सय ३० बाट १ हजार ९८ विन्दूमा झर्न पुुग्यो । यसपालि बैंकले लिड गर्यो भने बजार बढ्ने सम्भावना छ । बजारले बटमलाइन समातिसकेकोले र बियरिस मार्केट ४१ महिना पछि बूूल समात्न बैंकले लिड गर्नुपर्छ ।

तुलसीराम ढकाल(उपाध्यक्ष)-नेपाल इन्भेष्टर्स फोरम
अर्थमन्त्रीको बहिर्गमन हुुने लगभग पक्का नै भएकाले लगानीकर्तामा पलाइरहेको आत्मविश्वास र बजार एकदमै तल्लो लाइनमा आइसकेकाले कुनै न कुुनै आधारले बजार बढ्ने उत्कण्ठामा थियो । यसैगरी, सूूचिकृत कम्पनीहरुका त्रैमासिक रिपोर्ट राम्रो आउनुु, ऋण सहज हुुनुुले समेत बजारप्रति आत्मविश्वास बढेको मेरो बुुझाइ छ । उत्ताउलो बढाइ नहुुनुु  र कारोबार रकम समेत दिनानुदिन बढ्दै जानुुले भोलिका दिन बजार बढ्नै मेरो अपेक्षा हो । लघुुवित्तहरुले धमाधम राम्रो रिटर्न दिएकाले लघुवित्तहरुमा लगानीकर्ताको बढ्दो आकर्षण र हिजोबाट इन्स्योरेन्स समूूह बढ्दै जाँदा लगानीकर्ताहरुमा आत्मविश्वास पनि बढदै गएको छ । कारोबार रकम २० करोडबाट ७६ करोड रुपैयाँ पुुग्नुले लगानीकर्तामा आत्मविश्वास झाँगिदै गएको पाइयो । अन्ततोगत्वा बजार अब बढ्नै हो । मलाई सम्झना छ, कुुनै समयमा एजीएमपछि बजार बढ्दो अवस्थामा गएको थियो, आज मलाई त्यही इतिहास दोहोरिँदै गएको भान भइरहेको छ ।

बजार घट्नुु र बढ्नुु नियमित प्रक्रिया हो । यही घटाइ र बढाइमा सेयरमूूल्यको उत्तारचढावबाट नै सेयर कारोबारीले नाफा कुुम्ल्याउने हुन् ।

अतः ‘विचार अरुका, तर निर्णय आफ्नो’ भने झैं राम्रा स्टकमा गरिएको सेयर लगानीको फल पनि राम्रै हुुने सकारात्मक सोच राख्न जरुरी ठहर्छ । अन्ततोगत्वा बजार माग र आपूूर्तिमा नै आधारित हुुन्छ भन्ने हेक्का हामी सबैले राख्नुपर्छ । एक लगानीकर्ताले बजार घट्ने अपेक्षामा सेयर बेच्ने र अर्कोले बजार बढ्ने अपेक्षामा सेयर किन्ने परिपाटीले नै बजारको दिशा तय गरिरहेको हुुन्छ ।