काठमाण्डौ। लामो समयको गिरावटपछि आज सेयर बजारमा गतिलो बाउन्सब्याक भएको छ। 

आज झन्डै ९५ अंकले बजार बढेको छ। यो दिन बैंक तथा वित्तीयका सेयरधनीहरु मालामाल भएका छन्। 

भारी अंकको बढोत्तरी भएको बजारमा आज अधिकांश कम्पनीका सेयरमूल्य उकालो लागेका छन्। 

बैंकिङ सेक्टरतर्फ हेर्ने हो भने आज कारोबारमा २१ वटै वाणिज्य बैंक सेयरमूल्य बढेको छ। यो सेक्टरमा ३५.५ अंक अर्थात २.६९ प्रतिशतको बढोत्तरी भएको छ। 

बैंकिङ सेक्टरतर्फ सबैभन्दा बढी नबिल बैंकको सेयरभाउ ४.७३ प्रतिशतले उकालो लागेको छ। यो बैंकको प्रतिकित्ता सेयरमा ३५ रुपैयाँले बढेको छ। 

यसैगरी सिद्धार्थ बैंकको सेयरभाउ पनि ४.२३ प्रतिशत र एनआईसी एसिया बैंकको ४.१० प्रतिशत बढीले उकालो लागेको छ। 

आज विकास बैंक सेक्टर पनि ८.३ प्रतिशतले उकालो लागेको छ। यो सेक्टरअन्तर्गत सप्तकोशी डेभलपमेन्ट बैंकका सेयरधनीहरु मालामाल भएका छन्। यो बैंकको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ। 

महालक्ष्मी विकास बैंकको सेयरभाउ १ण् प्रतिशतको हाराहारीमा बढ्दा लुम्बिनी विकास बैंक र ज्योति विकास बैंकको ९ प्रतिशत बढीले उकालो लागेको छ। 

आज वित्त समूहमा पनि चमक देखिएको छ। यो समूहमा ७.७ प्रतिशतको बढोत्तरी आएको छ। रिलायन्स फाइनानसको सेयरभाउ १० प्रतिशतले बढ्दा श्री इन्भेस्मेन्ट र प्रोग्रेसिभ फाइनान्सको सेयरमूल्य पनि १० प्रतिशतको हाराहारीमा बढेको छ। 

आज जलविद्युत समूहमा ७.७ प्रतिशतको बढोत्तरी आएको छ। यो समूहअन्तर्गत नेसनल हाइड्रोपावर र युनिभर्सल पावरको सेयरमूल्यमा १० प्रतिशत तथा ङादी पावर, सानिमा माई हाइड्रोपावर अरुण काबेली पावर र हिमाल दोलखा हाइड्रोपावरका सेयरभाउ पनि १० प्रतिशतको हाराहारीमा बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको।