काठमाण्डौ । आज बजारमा दिनभर उतारचढाव भयो। कारोबारको पहिलो सत्रमा घटेको बजार दोस्रो सत्रमा बढ्यो। अन्तिम सत्रमा भने बजार झिनो अंकले ओरालो लागेको छ।
आज पनि नेप्सेको चार्टमा सुटिङ स्टार बनेको छ। आइतबार बनेको सुटिङ स्टार हालसम्म पनि भ्यालिड नै रहेको छ। किनकि यसलाई ढाक्ने गरी कुनै पनि क्यान्डल बन्न सकेको छैन।
पछिल्लो तीन कारोबार दिनमा बजारले २०८० मा पटक–पटक प्रतिरोध सामना गरेको छ। यो विन्दुमा बजारले गएको अगस्ट महिनामा पनि धेरैपटक प्रतिरोध सामना गरेको थियो। हाल आएर बजारले यही विन्दुमा प्रतिरोध सामना गरेको छ।
यसअघि पनि बजारले १९९० मा धेरैपटक प्रतिरोधको सामना गरेको थियो।
दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा आज पनि बजारले अप्पर ब्यान्डमा सुटिङ स्टार बनाएको छ। यसले बजारमा केही अंकको गिरावट आउन सक्ने बुझिन्छ।
म्याक्डीमार्फत हेर्दा गत २७ डिसेम्बरमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै छ। हिस्टोग्राम पोजिटिभ नै छन्। आरएसआई भने ७३ को ओभर बट जोनमा पुगेको छ।
समग्रमा तीनवटै इन्डिकेटरले बजार बुलिस रहेको तर अल्पकालमा भने केही करेक्सन आउन सक्ने बुझिन्छ। यदि बजारमा करेक्सन आएको खण्डमा बलियो टेवा २०३० मा र २००० को विन्दुमा हुन सक्नेछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
17 minutes ago
44 minutes ago
50 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago