काठमाण्डौ । सेयर बजार आज कारोबार खुलेदेखि नै ओरालो लागेको थियो। करिब ३ घन्टा नकारात्मक रहेको बजार कारोबार अन्तिम घन्टामा भने सकारात्मक बनेर दोहोरो अंकले बढेर बन्द भएको छ। बजारमा आज कारोबार र भोलुम दुवै बढेको छ।
प्राविधिक रुपमा आजको बजारलाई आवरली चार्टमा हेर्दा बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ। आवरली चार्टमै बजारलाई आरएसआईमार्फत हेर्दा ओभर सोल्ड जोन ३० बाट फर्केर हाल ४५ को तहमा पुगेको छ।
बजारलाई दैनिक चार्टमार्फत हेर्ने हो भने बोलिंगरको तल्लो ब्यान्डमा छोएर आज ह्याम्मर क्यान्डल बनेको छ। म्याक्डीमा आज पनि बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। डेली बेसमा आरएसआई ३५ को तहमा बन्द भएको छ।
पिभट प्वइन्टमार्फत हेर्दा आज बजार पिभट प्वइन्टको दोस्रो सपोर्ट करिब १८६० देखि १८७० को विन्दुमा सपोर्ट लिएर फर्केको देखिन्छ। यहाँबाट तल गएमा बजार अर्को नजिकको सपोर्ट १८३६ मा र बढेमा पिभट प्वइन्ट १९२८ मा प्रतिरोध सामना गर्न सक्छ।
यदि यो विन्दुभन्दा माथि गएमा बजारले माथिको यात्रा तय गर्न सक्छ।
नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago