काठमाण्डौ । नेप्से सूचकमा उछाल आएसँगै आज सोमबार पनि ४ नयाँ रेकर्ड कायम गरेको छ।
आज नेप्से सूचक ३७.४८ अंकको बढोत्तरीसँगै २५६१.४७ अंकमा पुगेको हो। सूचकमा दोहोरो अंकको उछाल आएसँगै आज दैनिक कारोबार रकमसमेत बढेर १० अर्ब ६१ करोड रुपैयाँ बढी पुगेको छ। यसअघि हिजो कायम भएको १० अर्ब ४४ करोड रुपैयाँ बढी कारोबार भएका रेकर्ड आज ब्रेक भएको हो।
यसैबीच आज सर्वाधिक कारोबारसमेत भएको छ। हिजोको ८७ हजार ६७० पटक सेयर कारोबार संख्याको रेकर्डलाई तोड्दै आज सोमबार ९२ हजार ७९ पटक सेयर कारोबार भएको हो।
यसैगरी आज कुल बजार पूँजीकरणले समेत नयाँ रेकर्ड कायम गरेको छ। यसअघि हिजो ३३ खर्ब ९९ अर्ब रुपैयाँभन्दा बढी रहेको बजार पूँजीकरण आज बढेर ३४ खर्ब ५२ अर्ब रुपैयाँको उचाइमा पुगेको हो।
8 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago