काठमाण्डौ । सेयर बजार बुधबार पनि दोहोरो अंकले ओरालो लागेको छ।
बजार आज १६.६१ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक १९१७.२८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ४.४४ अंकले घटेर ३७३.६४ को विन्दुमा ओर्लेको छ। कारोबार रकम भने बढेर १ अर्ब ६५ करोड रुपैयाँ बढीको कारोबार भएको छ।
बजार जानकार वीरेन्द्र बिष्टले सरकारले आयात खोल्दा ब्यालेन्स अफ पेमेन्टमा असर पर्ने र स्प्रेड दर घटाउँदा बैंकहरुको नाफा घट्नेजस्ता खबरले सेयर बजारमा नकारात्मक प्रभाव परेको बताउँछन्। ‘तर, यसले धेरै ठूलो प्रभाव पार्दैन, बजार केही दिनपछि सम्हालिन्छ’, उनले भने, ‘बजार १९०० भन्दा तल जाँदैन।’
अर्का बजार जानकार यज्ञ घिमिरे बजार घट्नुमा २–३ वटा कारण रहेको बताउँछन्। पुस मसान्तको ब्याज तिर्नका लागि लगानीकर्ताले पहिले नै बजारबाट पैसा जोहो गर्दा र अर्का नयाँ सरकारमा अर्थमन्त्री को बन्ला भन्ने अन्यौलता बजार प्रभावित भएको घिमिरेको भनाइ छ।
अर्कोतर्फ सरकारले विलासी वस्तुको आयात खुला गर्ने निर्णयले पनि पुँजीबजारबाट पैसा बाहिरिन थालेको हुन सक्ने घिमिरेको अनुमान छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै हरियाली छाएको छ भने अन्य १२ वटामा रातो पोतिएको छ।
यो दिन होटेल तथा पर्यटन समूहमात्रै ०.०१ प्रतिशतले उकालो लागेको हो।
आज बैंकिङ समूह सर्वाधिक १.२८ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.२७ प्रतिशतले घट्दा विकास बैंक समूहमा ०.९० प्रतिशत, जलविद्युत समूहमा ०.६२ प्रतिशत, लगानी समूहमा ०.२९ प्रतिशत, जीवन बीमा समूहमा ०.९० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.१० प्रतिशत, लघुवित्त समूहमा ०.२३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२२ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.४८ प्रतिशत, अन्य समूहमा ०.६९ प्रतिशत र व्यापार समूहमा ०.९७ प्रतिशतले ओरालो लागेको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २४६ कम्पनीका ८० लाख ९२ हजार ७१९ कित्ता सेयर १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५१ रुपैयाँमा किनबेच भएको छ।
यो दिन सानिमा बैंकको संस्थापक सेयरको सर्वाधिक ६७ करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवम सिमेन्टको १३ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको ४ करोड ५२ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ७९ लाख रुपैयाँ, रिडी पावरको ३ करोड ३२ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकको ३ करोड २१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २ करोड ५२ लाख रुपैयाँ, नेसनल माइक्रोफाइनान्सको २ करोड ३ लाख रुपैयाँ, डिप्रो लघुवित्तको १ करोड ८५ लाख रुपैयाँ र आरएमडीसी लघुवित्तको १ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज खप्तड लघुवित्तका सेयरधनीहरुले धेरै कमाए। यो लघुवित्तको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।
यो दिन नाडेप लघुवित्तका सेयरहरुले सर्वाधिक गुमाए। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतको गिरावटका साथ नेगेटिभ सर्किट लागेको छ। ग्लोबल आइएमई बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले ओरालो लागेको छ।
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago