काठमाण्डौ । सेयर बजार मंगलबार उकालो लागेको छ।
आज बजार ८.१५ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक २१७३.२५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.५३ अंकले बढेर ४१५.५४ को विन्दुमा पुगेको छ। कारोबार रकम ३ अर्ब रुपैयाँ बढीको भएको छ।
बजार जानकार महेश रिजाल केही दिनदेखि घटेको बजार आज सामान्य बढेको बताउँछन्। ‘राष्ट्रपतिको निर्वाचनको विषयले बजारमा अन्यौलता छाएको छ’, उनले भने।
फागुनमा ब्याजदर घट्न सक्ने विषयले पनि बजार सकारात्मक रहने अनुमान गर्न सकिने रिजाल बताउँछन्। ‘अन्तरबैंकिङ ब्याजदर पनि घटेको छ’, उनले भने, ‘त्यसैले बजारमा एकुमुलेसन चलिरहेको छ।’
अर्का बजार जानकार यज्ञ घिमिरे आज बजार बढ्नले लगानीकर्ताको मनोबल बढ्दै गएको भनेर बुझ्न सकिने बताउँछन्। ‘केही दिनदेखि करेक्सन भएको बजारमा आज सुधार आउनु सामान्य कुरा हो’, उनले भने।
बजारमा अहिले लगानीकर्ताको आकर्षण जलविद्युत कम्पनीहरुमा रहेको घिमिरे बताउँछन्। ‘धेरै कम्पनीको सेयरभाउ अन्डर भ्यालु नै भएका कारण बजार अझै बढ्न ठाउँ रहेको छ।’
आज नेप्से उपसमूहमा रहेका ९ वटा समूहमा हरियाली छाएको छ भने ४ वटामा रातो पोतिएको छ।
यो दिन वित्त समूह सर्वाधिक ४.२९ प्रतिशतले उकालो लागेको छ। अन्य समूह २.५१ प्रतिशतले बढ्दा विकास बैंक समूहमा ०.२४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.३३ प्रतिशत, जलविद्युत समूहमा १.०६ प्रतिशत, जीवन बीमा समूहमा ०.०१ प्रतिशत, लघुवित्त समूहमा ०.०९ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६६ प्रतिशत र व्यापार समूहमा ०.१८ प्रतिशतको बढोत्तरी भएको छ।
आज म्युचुअल फन्ड समूह सर्वाधिक २.१० प्रतिशतले ओरालो लागेको छ। लगानी समूह ०.३४ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.१७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहमा ०.०७ प्रतिशतको गिरावट आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २४८ कम्पनीका ८३ लाख १८७ कित्ता सेयर ३ अर्ब ३२ लाख ३० हजार ३९ रुपैयाँमा किनबेच भएका छन्।
यो दिन नेपाल टेलिकमको सर्वाधिक १२ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। शिवश्री हाइड्रोपावरको १० करोड ४१ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ९ करोड ३० लाख रुपैयाँ, अपर तामाकोशीको ९ करोड १६ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ७ करोड ५३ लाख रुपैयाँ, शिवम सिमेन्टको ७ करोड २१ लाख रुपैयाँ, रिडी पावरको ७ करोड १७ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ६ करोड ९४ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६ करोड ४० लाख रुपैयाँ र समृद्धि फाइनान्सको ५ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज २ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। सानिमा जीआईसी इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशत तथा सूर्योदय वोमी लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको हो। शिवश्री हाइड्रोपावरको सेयरभाउमा ९ प्रतिशत बढीले उकालो लागेको छ।
यो दिन मैलुङ खोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले ओरालो लागेको छ।
6 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago