काठमाण्डौ । गत ७ नोभेम्बरमा बोलिंगर ब्यान्डको माथिल्लो ब्यान्डमा प्रतिरोधको सामना गरेपछि सेयर बजार लगातार घटिरहेको थियो। यसरी घटिरहेको बजारले पछिल्लो ५ दिनको दैनिक कारोबारमा भने मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ। (हेर्नुहोस् कालो एरो)
ती ५ कारोबार दिनमा ३ वटा क्यान्डल रातो र २ वटा हरियो क्यान्डल बनेका छन्। तर, बजारले अघिल्लो क्यान्डललाई कभर गर्न भने सकेको छैन। बजार मध्य ब्यान्डभन्दा माथि–माथि नै कारोबार हुनुले विस्तारै मजबुत हुँदै गएको देखिन्छ।
आरएसआई भने बजारले ओभर सोल्ड जोन ३० देखि नै ‘डब्ल्यू’ आकार बनाउँदै माथिको यात्रा तय गरेको देखिन्छ। (हेर्नुहोस् तस्बिरमा)
पछिल्लोपटक बजार ५१ को न्युट्रल जोनमा रहेको छ। यदि अघिल्लोपटकको उच्च आरएसआईको विन्दु ६० भन्दा माथि गएमा बजारले हायर हाई बनाउन थालेको बुझिन्छ। यसले बजार बुलिस बनेको मान्न सकिन्छ।
म्याक्डीमा भने बजारले गत ९ अक्टोबरमा बनेको बुलिस क्रसओभर हाल पनि भ्यालिड नै रहेको देखिन्छ। हिस्टोग्राम सकारात्मक नै छन् तर बोल्ड हुन भने सकेका छैनन्।
बजारलाई आवरली टाइममा हेर्दा भने मूल्यरेखा मध्य ब्यान्डभन्दा माथि गएको तथा म्याक्डीमा बुलिस क्रसओभर बनेको देखिन्छ।
नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कारोबारका लागि सिफारिस भने होइन।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago