नयाँदिल्ली । भारतीय सेयर बजार नयाँ कीर्तिमानहरुको लहर नै चलेको छ। पहिलोपटक सेन्सेक्स ६० हजार विन्दु पुग्यो। निफ्टी पनि १८ हजार को विन्दुको नजिक छ। 

यो वर्ष अहिलेसम्म सेन्सेक्स २६ प्रतिशतले उकालो लागिसकेको छ। निफ्टी पनि २७ प्रतिशतले बढिसकेको छ। 

बजारमा आएको उछालसँगै भारतका सेयर बादशाह एवं दिग्गज लगानी राकेश झुनझुनवालाको पोर्टफोलियोमा समावेश थुप्रै सेयरहरुले लगानीकर्तालाई भरमार रिटर्न दिएका छन्। ती सेयरहरुको भाउ अहिलेसम्मकै उच्च स्तरमा पुगेका छन्। 

झुनझुनवालाको पोर्टफोलियोमा रहेको जुबिलेन्ट इन्ग्रिभियाले यो वर्ष अहिलेसम्म १८२ प्रतिशतको रिटर्न दिइसकेको छ। अहिले सेयरभाउ भारु ७७५ को आसपास कारोबार भइसहेको छ। यो कम्पनीको सेयरभाउ भारु ९५० सम्म पुग्ने अनुमान गरिएको छ।

त्यस्तै टाइटन कम्पनीको सेयर पनि यो वर्ष अहिलेसम्म ३४ प्रतिशतले बढिसकेको छ। हाल यो कम्पनीको सेयरभाउ भारु २११० को आसपास रहेको छ। यो मूल्य भारु २३०७ सम्म पुग्ने अनुमान गरिएको छ।

झुनझुनवालाकै पोर्टफोलियोमा रहेको टाटा मोटर्सको सेयरले पनि यो अहिलेसम्म ७७ प्रतिशत रिटर्न दिइसकेको छ। यो कम्पनीको सेयर अहिले भारु ३३१ मा कारोबार भइरहेको छ। मूल्य भारु ४०० पुग्ने प्रक्षेपण गरिएको छ। 

यसैगरी इस्कर्टस कम्पनीको सेयरमा पनि लगानीकर्ताहरुलाई १५ प्रतिशतसम्म रिटर्न दिइसकेको छ। अहिले भारु १४८० मा कारोबार भइरहेको यो कम्पनीको सेयरभाउ भारु १५८० सम्म पुग्न सक्ने देखिएको छ।

राजेश झुनझुनवालाको पोर्टफोलियोमा फोरटिस हेल्थ केयरको सेयर पनि समावेश छ। यो कम्पनीले यस वर्ष हालसम्म ७१ प्रतिशत रिटर्न दिइसकेको छ। अहिले यसको सेयरभाउ भारु २७६ को आसपास रहेको छ। 

त्यसैगरी इन्डियन होटेल्सले पनि अहिलेसम्म ५० प्रतिशत रिटर्न दिइसकेको छ। अहिले यसको सेयरभाउ भारु १८६ भन्दा माथि रहेको छ। – एजेन्सी