काठमाण्डौ । कारोबारको पहिलो घन्टामा आज सेयर बजार करिब १४ अंकले बढेको थियो। तर, दिनभरको कारोबारमा भने बजारको बढोत्तरी टिक्न सकेन।
कारोबारको अन्तिम समय बजार करिब १६ अंकले घटेर बन्द भएको छ। आज दिनभर बजारमा ३० अंकको उतारचढाव आएको देखिन्छ।
प्राविधिक रुपमा सुपर ट्रेन्डमार्फत हेर्दा आज ट्रेन्ड लाइन अर्थात १९६० को विन्दुमा नै प्रतिरोध सामना गरेर बजार तल झरेको छ (हेर्नुहोस् कालो एरो)। यसले बजार केही कमजोर बनेको देखिन्छ।
बोलिंगर ब्यान्डमार्फत हेर्दा मध्य ब्यान्डलाई ब्रेक गर्न सकेको छैन। म्याक्डीमार्फत हेर्दा हिस्टोग्राम नेगेटिभ र छोटा–छोटा हुँदै गएका छन्। तर, बुलिस क्रसओभर भने हुन सकेको अवस्था छैन।
आरएसआईमार्फत हेर्दा पनि बजार ओभर सोल्ड जोन ३० बाट फर्केर ३० को तहमा पुगेको छ। तर, यसले ट्रेन्ड लाइनलाई ब्रेक गरेर माथि टिक्न सकेको छैन। यो भनेको आरएसआई ४० भन्दा माथि टिक्नुपर्ने हुन्छ।
भोलुममार्फत हेर्दा आजको बजार अन्तिम समयमा घट्दा कारोबार भने बढेको देखिन्छ। जुन त्यति राम्रो संकेत भने होइन।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
17 minutes ago
35 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago