काठमाण्डौ । साताको अन्तिम काराबार दिन बिहीबार सेयर बजार खुलेदेखि नै नकारात्मक रहेको थियो। बजार बन्द हुँदा १८.१५ अंकको गिरावट आएको छ।
ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताहरुमा बैंकहरुको खराब कर्जा बढ्न सक्ने आशंका देखिएको छ। बैंकको खराब कर्जा बढेमा लाभांशमा संकुचन आउने डरले लगानीकर्ता बैकको सेयर खरिदभन्दा बिक्रीतिर लागेका देखिन्थे।
लगानीकर्तामा सरकारले कहिले पूर्णता पाउला र अर्थमन्त्री को बनेर आउलान् ? भन्ने जिज्ञासा पनि उत्तिकै देखिएको छ।
आज बजार घट्दा उच्च कारोबार गर्नेको सूचीको शीर्ष स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) रहेको छ। नासाको सेयर खरिदभन्दा बिक्री बढी देखिएको छ। १० करोड १९ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको नासाले ७ कारोड ४२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको देखिएको छ।
उच्च कारोबार गर्ने दोस्रो ब्रोकरमा श्रीकृष्ण सेक्युरिटिज(स्टक ब्रोकर नं. २८) रहेको छ। श्रीकृष्णले पनि सेयर खरिदभन्दा बिक्री बढी गरेको देखिएको छ। श्रीकृष्णले १२ करोड रुपैयाँको सेयर बिक्री गरेर ४ करोड ४१ लाख रुपैयाँबराबरको मात्र सेयर खरिद गरेको छ।
तेस्रो स्थानमा रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)को भने सेयर बिक्रीभन्दा खरिद बढी देखिएको छ। भिजनले १० करोड ८५ लाख रुपैयाँबराबर सेयर खरिद गरेर ५ करोड ३७ लाख रुपैयाँको सेयर बिक्री गरेको छ।
कारोबारको हिसाबले चौथो स्थानमा इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५) रहेको छ। इम्पेरियलले ६ करोड ७ लाख रुपैयाँको सेयर बिक्री गरेर ५ करोड ८५ लाख रुपैयाँको खरिद गरेको छ।
ओपल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४) आज पाँचौँ स्थानमा रहेको छ। ओपलले पनि सेयर खरिदभन्दा बिक्री बढी गरेको देखिन्छ। ८ करोड १ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको ओपलले १ करोड ८१ लाख रुपैयाँबराबरको मात्र सेयर खरिद गरेको छ।
उच्च कारोबार छैटौँ ब्रोकरमा एबीसी सेक्युरिटिज(स्टक ब्रोकर नं. १७) रहेको छ। ५ करोड ९८ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको एबीसीले ३ करोड २८ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
उता सातौँ स्थानमा रहेको अनलाइन सेक्युरिटिज(स्टक ब्रोकर नं. ४९)ले सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिन्छ। ५ करोड ९८ लाख रुपैयाँको सेयर खरिद गरेर अनलाइनले ३ करोड २८लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
आठौँ स्थानमा सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) रहेको छ। सनीको खरिदतर्फ ४ करोड ९४ लाख रुपैयाँ तथा बिक्रीतर्फ ३ करोड ९९ लाख रुपैयाँ रहेको छ।
दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८) कारोबारका हिसाबले नवौँ नम्बरमा रहेको छ। ४ करोड ५८ लाखबराबरको सेयर खरिद गरेको दिपशिखाले ४ करोड ३३ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
शीर्ष दसौँमा आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ५७) रहेको छ। आर्यतारले ४ करोड ३२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड ३० लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago