काठमाण्डौ । आइतबार ५३ अंकले बढेको सेयर बजारमा सोमबार १७ अंकको गिरावट आएको छ। कारोबार तथा भोलुमको हिसाबले आज बजार घट्दा कारोबार बढेको छ।
चार घन्टाको कारोबारको पहिलो प्रहरमा बढेको बजार त्यसपछि घटेको थियो। आवरली बेसका आधारमा आज बजारमा ट्विजर टप बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।
बजारलाई पछिल्लोपटकको न्यून विन्दुबाट उच्च विन्दुसम्म फिवनासी तानेर हेर्दा यदि आजको करेक्सनले आगामी दिनमा पनि निरन्तरता पाउँछ भने ०.६१ प्रतिशत अर्थात १८७५ सम्म आउन सक्छ।
डेली बेसमा बोलिंगर ब्यान्ड, एमएसीडी तथा आरएसआईमार्फत हेर्दा बजार मध्य ब्यान्डभन्दा माथि नै टिकेर कारोबार भएको देखिन्छ।
म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ। हिस्टोग्राम सकारात्मक नै रहेका छन्।
आरएसआईले न्युट्रल जोनमा ‘डब्ल्यू’ आकार बनाउँदै गरेको अवस्था रहेको छ। समग्रमा तीनवटै इन्डिकेटरबाट बजार मजबुत नै रहेको देखिन्छ।
आज बजार घट्दा कारोबार बढेको छ। यसले बिक्री दबाब परेको बुझ्न सकिन्छ। तर, बजार यदि १८७५ भन्दा माथि–माथि टिकेर १–२ दिन कारोबार हुन्छ भने बजारले फेरि नयाँ उचाइ तय गर्न सक्छ। यदि त्यहाँबाट पनि तल जान्छ भने बजारले नयाँ लो बनाउन पनि सक्छ।
डेली बेसमा डाउ थेउरीमार्फत हेर्दा भने बजारले हायर लो कन्फर्मेसन गर्दै गरेको देखिन्छ। यसका लागि भने आगामी कारोबारमा बजारले बुलिस मारुबुजु क्यान्डल बनाउनुपर्ने हुन्छ।
हाल साइडवेजमा चलेको बजार अप ट्रेन्ड नै कन्फर्मेसन हुनका लागि भने आगामी कारोबारमा १९६० भन्दा माथि–माथि चल्नुपर्ने हुन्छ।
नोटः दोस्रो बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 hours ago
20 hours ago
20 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago