काठमाण्डौ । सेयर बजार आज कारोबारको पहिलो प्रहरमा बढेको थियो। तर, दोस्रो प्रहरमा भने बजारले बोलिंगरको मध्य ब्यान्ड अर्थात २१८० मा प्रतिरोध सामान गर्यो। त्यसपछि बजार यहाँबाट माथि जान सकेन।
वान आवर समयावधिमा म्याक्डीमार्फत बजारलाई हेर्दा केही दिन पहिले बनेको बियरिस क्रसओभर बनेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा बन्दै गएका छन्। आरएसआई ओभरबट जोन ७७ बाट खसेर ४५ मा आएको छ। मनी फ्लो इन्डेक्स पनि ७३ बाट खसेर ४१ को तहमा पुगेको छ। समग्रमा चारवटै इन्डिकेटरबाट बजारलाई हेर्दा आज पनि बजारमा बिक्रीचाप परेको देखिन्छ।
बजार घटे पनि आज घट्ने क्रम कम भएको देखिन्छ। गएको कारोबारमा ३६ अंकले घटेको बजारमा आज सिंगल डिजिट अर्थात ८ अंकले मात्रै बजार घटेको छ। यसले बजार विस्तारै सम्हालिँदै गरेको देखिन्छ।
बजारलाई इचिमोकु तथा सुपर ट्रेन्डबाट हेर्दा बुलिस नै रहेको देखिन्छ। बजारलाई पिभट प्वइन्टबाट हेर्दा हालसम्म पनि पिभट प्वइन्ट २१४० भन्दा माथि नै चलेको छ। यसले बजार मजबुत नै देखिन्छ।
यदि आगामी कारोबारमा आज २१५१ मा सपोर्ट लिएका बजार २१४० भन्दा तल जान्छ भने केही अंक गुमाउन पनि सक्छ। तर, पिभट प्वइन्ट २१४० भन्दा माथि–माथि टिकेमा बजारमा अप ट्रेन्डको सम्भावना जीवितै रहन्छ।
आज बजार घट्दा कारोबार पनि घट्नुले विस्तारै बजारमा आपूर्ति हराउँदै गरेको अवस्था देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कुनै कारोबारका लागि सिफारिस होइन।
27 minutes ago
41 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago