– अर्जुन तिमिल्सिना
काठमाण्डौ । नुनलगायत अत्यावश्यक वस्तुको सहज आपूर्तिका लागि झन्डै ५९ वर्षअघि स्थापित साल्ट ट्रेडिङ करोपोरेसन (एसटीसी) नेपालकै एउटा पुरानो संस्था हो। झन्डै ४८ वर्षयता भने यो संस्था पब्लिक प्राइभेट पार्टनसिप कम्पनीअन्तर्गत दर्ता भएर सञ्चालनमा छ। यो कम्पनीले दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएको छ।
यो कम्पनीको केन्द्रीय व्यापारिक कार्यालय काठमाण्डौको कालिमाटीमा छ। यसका शाखा, उपसाखा र डिपोहरु देशभर छरिएर रहेका छन्।
यो कम्पनीले नुन, तेल, चिनी चामल, दाल र ग्यासजस्ता अत्यावश्यक सामग्री सुलभ मूल्यमा बिक्रीवितरण गर्छ। कम्पनीले कोइला, टायर तथा सिमेन्ट पनि सस्तो तथा सूलभ मूल्यमा बिक्री गर्ने जनाएको छ।
यो कम्पनीमा ७९ प्रतिशत सरकार र २१ प्रतिशत सर्वसाधारणको सेयर स्वामित्व रहेको छ। विगत २७ महिनामा सेयर बजार खसेको खसै छ। तर एसटीसीको सेयरभाउ भने झनै उकालो लागेको छ।
सन् २०२२ को जुनमा २ हजार ६५० रुपैयाँ रहेको यो कम्पनीको सेयरभाउ सन् २०२३ को अक्टोबरमा डबलभन्दा बढी भएर ५ हजार ७८१ रुपैयाँ पुगेको छ। यस हिसाबले यो कम्पनीका लगानीकर्ताले एकै वर्षमा बजार घट्दा पनि डबलभन्दा बढीले कमाएका छन्।
आधाभूत पक्ष
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी जम्मा २७ करोड ८८ लाख रुपैयाँमात्रै रहेको छ। कम्पनीको जगेडा कोषमा भने १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ। कम्पनीको खुद मुनाफा ७ करोड ८८ लाख रुपैयाँ रहेको छ। यो भनेको यही अवधिमा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब डबल हो। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
प्राविधिक पक्ष
इलिअट वेभका आधारमा
इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३ र ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्।
वेभ ५ को करेक्सन वेभ ‘ए’ हो। वेभ ‘ए’, ‘बी’ र ‘सी’ ले बजार तल जाने संकेत गर्छन्। यो कम्पनीको हालको अवस्थालाई न्यून विन्दुबाट नियाल्दा वेभ १ मा कम्पनीको सेयरभाउ ४ हजार २०० रुपैयाँसम्म पुगेको देखिन्छ। वेभ २ मा बजार हाल ३ हजार रुपैयाँसम्म आएको छ। वेभ ३ मा कम्पनीको भाउ पुनः बढोत्तरीका साथ ५ हजार ७९७ रुपैयाँसम्म पुगेको छ। हालको करेक्सजन वेभ ४ मा फेरि करेक्सनका साथ कम्पनीको सेयरभाउ ४ हजार ५०० रुपैयाँसम्म आउन सक्छ। वेभ ५ मा पुनः बढेत्तरीका साथ कम्पनीको सेयरभाउ ७ हजार ५०५ रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
यो कम्पनीको सेयरभाउ बोलिंगर ब्यान्डका आधारमा हेर्दा केही समयदेखि ब्यान्डको तल्लो ब्यान्डमा चलेको छ। यसले बिक्री दबाब परेको देखिन्छ। आज इन्भर्टेड ह्याम्मर प्रकृतिको क्यान्डल बनेको छ। यसले अब कम्पनीको सेयरभाउ घट्न रोकिएको भन्ने बुझिन्छ।
म्याक्डीमार्फत हेर्दा अघिल्लो महिना बनेको बियरिस क्रसओभर भ्यालिड नै रहेको छ। तर, हिस्टोग्राम छोटा–छोटा हुँदै गएका छन्। आरएसआईमार्फत हेर्दा यो कम्पनीको आरएसआई ओभर सोल्ड जोन २३ बाट फर्केर हाल ३३ मा पुगेको छ। यसले पनि यो कम्पनीको सेयरभाउ भविष्यमा बढ्न सक्ने देखिन्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविश्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
पिभट प्वइन्टः ४८८४
घटेमा सपोर्ट
निष्कर्ष
एसटीसीलाई आधारभूत रुपमा हेर्दा पुँजी अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्ष १० प्रतिशतले मात्र बढेको छ। तर, कम्पनीको खुद मुनाफा भने सतप्रतिशतले नै बढेको छ। कम्पनीको वासालतअनुसार विश्लेषण गर्दा कम्पनीको आधाभूत पक्ष निकै बलियो देखिन्छ। जगेडा कोषमा १ अर्ब ३६ करोड रुपैयाँ रहेको छ।
प्राविधिक रुपमा पनि यो कम्पनीको सेयरभाउ पछिल्लोपटक गिरावट आएर पुनः माथिको यात्रा तय गर्दै गरेको देखिन्छ। इलिअट वेभमार्फत नियाल्दा यो कम्पनीको सेयरभाउ ७ हजार ५०० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
17 minutes ago
34 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago