काठमाण्डौ । आज बजार बिहानदेखि नै निरन्तर घटेको थियो। कारोबारको अन्तिम समयमा केही सम्हालिन कोसिस गरेको बजार करिब १५ अंकले घटेर बन्द भएको छ।
प्राविधिक रुपमा आज नेप्सेको चार्टमा ‘लङ लोवर स्याडो’ अर्थात तल लामो धागो बनेको छ। यसले बजार सम्हालिन कोसिस गरेको बुझ्न सकिन्छ। बजार आज घटेर पनि १९३८ को विन्दुमा फर्केर बन्द भएको छ। यो विन्दु भनेको अघिल्लोपटकको सपोर्ट विन्दु हो।
बजारलाई इचिमोकुमार्फत हेर्दा भने केही बिक्री दबाब परेको देखिन्छ। दैनिक चार्टमा इचिमोकुमार्फत हेर्दा बजारमा अघिल्लो महिना नै बिक्री दबाब परेको देखिन्छ। गत फेब्रुअरी महिनामा नै मूल्यरेखाहरु क्लाउड पोजिसनबाट तल झरेका छन् भने बेस लाइनलाई कन्भर्जन लाइनले माथिबाट क्रसओभर गरेको छ।
२६ दिनपछि चल्ने ल्यागिङ स्पान पोजिसन पनि मूल्यरेखाहरुबाट तल झरेको छ। योसँगै क्लाउडको पोजिसन पनि हरियोबाट रातो बनेको छ (हेर्नुहोस् कालो एरो)। यसले बजारमा केही समय बिक्री दबाब आउन सक्ने बुझिन्छ।
कारोबार भोलुमका आधारमा पनि बजारमा खासै केही सुधार देखिँदैन। आज बजार घट्दा कारोबार बढेको छ। यसलाई खासै राम्रो मान्न सकिँदैन।
पिभट प्वइन्टका आधारमा आज १९३८ मा बन्द भएको बजारको अबको दोस्रो सपोर्ट भनेको १९१२ को विन्दुमा र तेस्रो सपोर्ट भनेको १८९० मा रहेको छ। बढेमा भने बजारले क्रमशः १९६०, १९८० तथा २०२५ को विन्दुमा प्रतिरोधको सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
10 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
4 hours ago
4 hours ago
4 hours ago