काठमाण्डौ । नेप्से इन्डेक्स बुधबार ११.१७ अंकले वृद्धि भएको छ। नेप्से परिसूचक ०.५२ प्रतिशतले बढेर २१६५ विन्दुमा कायम हुन पुगेको छ। सेयर बजारमा आज ३ अर्ब ३४ करोड बढीको कारोबार भएको छ।
नेप्से इन्डेक्समा रहेका १३ उपसूचकमध्ये आज सर्वाधिक ट्रेडिङ इन्डेक्स ४.८३ प्रतिशतले बढेको छ। यसका साथै मंगलबार सर्वाधिक बढेको निर्जीवन बीमा इन्डेक्स आज ०.०२ प्रतिशतले घटेको छ। जीवन बीमा उपसूचक पनि आज ०.४० प्रतिशतले घटेको छ।
आज टप गेनरको टप १० लिस्टमा युनाइटेड अजोड इन्स्योरेन्समात्रै परेको छ। आजसहित तीन दिन कारोबारमा आएको युनाइटेड अजोडको सेयरभाउ आज ६.५५ प्रतिशत अर्थात ३८.८० रुपैयाँले बढेर ६३१ रुपैयाँ पुगेको छ।
त्यस्तै हिमालयन एभरेस्ट इन्स्योरेन्सको सेयरभाउ १.१० प्रतिशतले बढेर ६४४ रुपैयाँ पुगेको छ। यसका साथै नेपाल लाइफ इन्स्योरेन्सको ०.७९ प्रतिशत, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ०.१४ प्रतिशत र शिखर इन्स्योरेन्सको ०.११ प्रतिशतले बढेको छ। बुधबार कुल ५ वटा बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ।
त्यस्तै आज दोस्रो बजारमा सर्वाधिक गुमाउने बीमा कम्पनीमा सानिमा रिलायन्स लाइफ रहेको छ। सानिमा रिलायन्सको सेयरभाउ २.०८ प्रतिशतले घटेर ५६५ रुपैयाँमा कायम भएको छ।
त्यस्तै एसियन लाइफको १.५५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.५४ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १.११ प्रतिशत, नेसनल लाइफको १.०४ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ०.७७ प्रतिशत, हिमालयन लाइफको ०.७० प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.६५ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.५२ प्रतिशत, सानिमा जिआइसी इन्स्योरेन्सको ०.४५ प्रतिशत, एनएलजीको ०.३४ प्रतिशत र सूर्यज्योति लाइफको ०.१६ प्रतिशत गरी कुल १२ कम्पनीको सेयरभाउ घटेको छ।
यसका साथै टप टनओभरको टप १० लिस्टमा तीन बीमा कम्पनी परेका छन्। सर्वाधिक युनाइटेड अजोड इन्स्योरेन्सको २३ करोड ५७ लाख, हिमालयन लाइफको ८ करोड ४२ लाख र एसियन लाइफको ७ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ।
16 minutes ago
37 minutes ago
48 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
12 hours ago
12 hours ago
12 hours ago