काठमाण्डौ । साताको दोस्रो काराबारको दिन सोमबार कारोबार खुलेदेखि नै नकारात्मक रहेको सेयर बजार अन्तिम समयमा १७.७० अंकले बढेर बन्द भएको छ।
ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताले अब त सेयरमूल्य निकै सस्तो भइसकेकोले अन्तिम समयमा बिक्रीचाप पर्दा बजार बढेको हुन सक्ने बताए। ‘यतिबेला खरिद गरेर राख्दा बजार बढेको बेला राम्रो नाफा हुन्छ’, एक लगानीकर्ताले भने, ‘अब केही दिन मन्त्रिमण्डलले पनि पूर्णता पाउने र देशले नयाँ अर्थमन्त्री पाउने भएकोले अब बजारले लयमा फर्किन सक्छ।’
दोहोरो अंकको सुधार आएको आजको बजारमा उच्च कारोबार गर्ने १० ब्रोकरको सूचीको शीर्ष स्थानमा नासा सेक्युरिटिज (स्टक ब्रोकर नं. ५८) रहेको छ। नासाको सेयर बिक्रीभन्दा खरिद बढी रहेको देखिन्छ। नासाले ११ करोड ९८ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर १० कारोड २९ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
कारोबारका हिसाबले दोस्रो नम्बरमा भिजन सेक्युरिटिज(स्टक ब्रोकर नं. ३४) रहेको छ। भिजनले पनि सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिन्छ। १० करोड २९ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको भिजनले ७ करोड ८६ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) आज उच्च कारोबार गर्ने ब्रोकरको सूचीमा तेस्रो स्थानमा रहेको छ। अनलाइनले ८ करोड ७ लाख रुपैयाँबराबर सेयर खरिद गरेको छ भने ६ करोड ९३ लाख रुपैयाँको सेयर बिक्री गरेको छ।
चौथो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं.४५)ले ६ करोड १ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर ५ करोड १४ लाख रुपैयाँको खरिद गरेको छ।
सनी सेक्युरिटिज (स्टक ब्रोकर नं. ४२) पाँचौँ स्थानमा रहेको छ। सनीको पनि सेयर बिक्रीभन्दा खरिद बढी देखिएको छ। यो ब्रोकरले ५ करोड ८ लाख रुपैयाँबराबरको सेयर खरिद गर्दा ४ करोड २८ लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
कारोबारका हिसाबले डाइनामिक मनिम्यानेजर सेक्युरिटिज (स्टक ब्रोकर नं. ४४) छैटौँ स्थानमा छ। डाइनामिकले ४ करोड ३५ लाख रुपैयाँबराबरको सेयर बिक्री तथा ४ करोड ३ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरले सेयर बिक्रीभन्दा खरिद बढी गरेको छ।
सातौँ स्थानमा रहेको आर्यतारा इन्भेस्टमेन्ट सेक्युरिटिज(स्टक ब्रोकर नं. ५७) रहेको छ। आर्यताराले सेयर बिक्रीभन्दा खरिद बढी गरेको देखिन्छ। यो ब्रोकरले ४ करोड ५६ लाख रुपैयाँको सेयर खरिद गरेर ३ करोड ३८१लाख रुपैयाँबराबरको बिक्री गरेको छ।
यसैगरी एबीसी सेक्युरिटिज (स्टक ब्रोकर नं. १७) आठौँ स्थानमा छ। यो ब्रोकरको बिक्रीतर्फ ४ करोड ४२ लाख रुपैयाँ तथा खरिदतर्फ ३ करोड ५१ लाख रुपैयाँ रहेको छ।
नवौँमा दक्षिणकाली इन्भेस्टमेन्ट सेक्युरिटिज(स्टक ब्रोकर नं. ३३)ले ४ करोड ९४ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेर २ करोड ६२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ। यो ब्रोकरको सेयर खरिदभन्दा बिक्री गरेको देखिन्छ।
कारोबारका हिसाबले दसौँमा दिपशिखा धितोपत्र कारोबार (स्टक ब्रोकर नं. ३८) रहेको छ। यो ब्रोकरले ३ करोड ७२ लाख रुपैयाँबराबरको सेयर खरिद गरेर ३ करोड ३१ लाख रुपैयाँबराबरको सेयर बिक्री गरेको छ।
5 minutes ago
33 minutes ago
51 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago