Nepal Stock Exchange
काठमाण्डौ । बजेट वक्तव्यपछि निरन्तर ओरालो लागी आइतबार अत्यासलाग्दो अंकले झरेको पूँजीबजारमा सोमबार यूटर्न भई करिब सोही अंकले उक्लिएको छ ।
आइतबार एकैदिन करिब ३५ अंकले ओर्लिएको बजारमा सोमबार ३३.६६ अंकले यूटर्न हुँदा नेप्से परिसूचक बढेर १५६१.८० अंकमा पुगेको छ ।
बजेटपछि आइतबारसम्म सधैं घट्दै आएको बिमाको परिसूचक १७५.३५ अंकले बढेको छ भने निराशाजनक रहेको बैकिङ(वाणिज्य बैंक) समूह समेत सोमबार एकाएक चम्किएको छ । यो समूहको सूचक ३८.०१ अंकले बढेको हो । होटल समूहको सूचक ३९.१४ अंकले घटे पनि बाँकी सबै समूहको सूचकमा हरियो पोतिएको छ । विकास बैंक समूह २५.५६ अंकले उक्लिएको छ भने जलविद्युत समूह ५७.१६ अंकले उकालो लागेको छ । बित्त समूह ६.७१ अंकले उक्लदा अन्य समूह २.३४ अंकले बढेको छ । सोमबार सेन्सेटिभ इण्डेक्स र फ्लोट इण्डेक्स क्रमशः ७.५५ र २.५१ अंकले बढे ।
सोमबार कुल १ सइ ३४ कम्पनीका १६ लाख २२ हजार ६ सय २८ कित्ता सेयर १ अर्ब १५ करोड १८ लाख ४४ हजारमा किनबेच भयो ।
सोमबार सानिमा बैंकमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । यो बैंकले मात्र २४ करोड ३४ लाख बराबरको कारोबार गर्यो । नेपाल बैंक लिमीटेडको समेत ९ करोड ८३ लाख बराबरको सेयर किनबेच भयो । वाणिज्य बैंक समूहको मात्रै सोमबार करिब ६२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो । बिमा समूहको करिब साढे २२ करोड बराबरको सेयर किनबेच भयो । विकास बैंक समूहतर्फ पनि करिब साढे ११ करोडको सेयर कारोबार भयो । सोमबार उत्कृष्ट कारोबार गर्ने १० कम्पनीमा ५ स्थान वाणिज्य बैंकहरुले नै होल्ड गर्न सफल भएका छन् ।
शेयर बजार विश्लेषकहरुका अनुसार बाफिया सम्बन्धी नयाँ नियम, बिमा लगायतका कम्पनीको खासै धेरै पूँजी वृद्धि नहुने नीति लगायतका बिषयमा सुनियोजित हल्ला फैलाएर लगानीकर्तामा त्रास सिर्जना गरी बजारमा गिरावट ल्याउन खोजिए पनि सोमबारबाट करेक्सनको मोड लिएको र यो निरन्तर रहने दाबी गरेका छन् ।
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago