– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सेयर बजारबाट सरकारले उठाउने राजश्वमा भारी गिरावट आएको छ।
सेयर बजार घटेसँगै सरकारले उठाउने राजश्वमा पनि भारी गिरावट आएको हो। चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्तसम्म)मा सरकारले पुँजीबजारबाट १ अर्ब २३ करोड ५७ लाख रुपैयाँमात्रै राजश्व संकलन गरेको सीडीएससीले जनाएको छ। गत आर्थिक वर्षको यही अवधिसम्म सरकारले पुँजीबजारबाट ८ अर्ब ६ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा यो वर्षको दोस्रो त्रैमाससम्म सरकारले उठाउने राजश्व लगभग ८५ प्रतिशत अर्थात करिब ७ अर्ब रुपैयाँले घटेको छ।
सरकारले चालु आर्थिक वर्षमा पुँजीबजारबाट १५ अर्ब रुपैयाँभन्दा बढी राजश्व उठाउने लक्ष्य राखेको छ। राजश्व संकलनको यो गतिले सरकारको लक्ष्य अब पूरा हुन लगभग असम्भव देखिएको छ।
पुँजीबजार गतिशील नहुँदा सरकारले ठूलो मात्रामा राजश्व गुमाएको हो। पुँजीबजारमा नाफा भएको अवस्थामा मात्रै लगानीकर्ताले सरकारलाई पुँजीगत लाभकर तिर्ने गर्छन्। सरकारले हाल संस्थागत लगानीकर्ताबाट १० प्रतिशत, अल्पकालीन लगानीकर्ताबाट ७.५ प्रतिशत तथा दीर्घकालीन लगानीकर्ताबाट ५ प्रतिशत पुँजीगत लाभकर उठाउँदै आएको छ।
चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब २३ करोड रुपैयाँबराबरको रावश्व उठ्दा अल्पकालीन लगानीकर्ताबाट करिब ७५ करोड तथा दीर्घकालीन लगानीकर्ताबाट करिव ५० करोड रावश्व संकलन भएको सीडीएससीले जनाएको छ। यस हिसाबले पुँजीबजारमा दीर्घकालीनभन्दा अल्पकालीन लगानीकर्ताले बढी रावश्व तिरेको देखिन्छ।
सरकारले ३६५ दिनभित्रमा सेयर बेच्नेलाई अल्पकालीन लगानीकर्ता तथा त्यहाँभन्दा बढी समयमा सेयर बेच्नेलाई दीर्घकालीन लगानीकर्ता भनेर छुट्याएको छ।
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago