काठमाण्डौ । आज सेयर बजार कारोबारको पहिलो घन्टामा दोहोरो अंकले बढेको थियो। तर, दिनभरको कारोबारमा बजारको बढोत्तरी भने टिक्न सकेन। बजार करिब ८ अंकले घटेर बन्द भएको छ। योसँगै नेप्सेको चार्टमा हिजो बनेको ट्विजर बटम आज भ्यालिड हुन सकेन।
आजको कारोबारलाई आवरली चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाले मध्य ब्यान्डमा प्रतिरोधको सामना गरेको छ। योसँगै अन्तिम समयमा सूचक घटे पनि कारोबार बढेको छ। यसले बजारमा बिक्री दबाब रहेको बुझिन्छ। आगामी कारोबारमा पनि बजारमा बिक्री दबाब अझै रहन सक्ने पनि देखिन्छ।
प्राविधिक रुपमा आज अन्तिम आवरमा बियरिस मारुबुजु क्यान्डल बनेको छ।
बजारलाई डेली बेसमा बोलिंगरमार्फत हेर्दा ब्यान्डको तल्लो ब्यान्डमा नै चलेको छ। म्याक्डीमा एमएसीडी लाइन र सिग्नल लाइनसँगै हिँडेको देखिन्छ। हिस्टोग्राम पनि नेगेटिभ नै रहेका छन्।
आरएसआई केही समयदेखि ३० को ओभर सोल्ड जोनमा चलेको देखिन्छ। यसले बजारमा टाइम करेक्सन चलेको बुझिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
15 minutes ago
50 minutes ago
56 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago