– भक्तराज रसाइली
काठमाण्डौ । धितोपत्र बजारमा प्रवेश गर्ने तयारी गरिरहेको नागरिक लगानी कोषको सहायक कम्पनीका रुपमा रहेको नागरिक स्टक डिलरले आफैँ सेयर खरिदबिक्री गर्न मिल्ने विन्डोजको परीक्षण सुरु गरेको छ।
नागरिक स्टक डिलरका सीइओ महेश्वरलाल श्रेष्ठले धितोपत्र बजारमा प्रवेश गर्ने लगभग सबै तयारी पूरा गरी हाल उक्त विन्डोजको परीक्षण भइरहेको जानकारी दिएका हुन्। ‘अब बजारमा प्रवेशको लगभग अन्तिम चरणमा छौँ, अहिले ट्रायल फेजमा छौँ’, उनले भने, ‘स्टक डिलरको ब्याकअफिस पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) बाट परीक्षण र अनुगमन भइसकेको छ।’
डिलरको पूर्वाधार सबै ठीक गरेपछि मात्र नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइने पनि श्रेष्ठले स्पष्ट पारे।
बहुप्रतिक्षित नागरिक स्टक डिलरको प्रवेशले नेपाली सेयर बजारमा संस्थागत लगानीकर्ता खट्को अभाव पूर्ति गर्ने र बजारको स्थायीत्वका लागि महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।
नागरिक स्टक डिलरमा नागरिक लगायनी कोषको ५१ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत, नेपाल टेलिकमको ९ प्रतिशत रहेको छ भने बाँकी ३० प्रतिशत सर्वसाधारणका लागि छुट्याइएको छ।
नागरिक स्टक डिलरको हाल चुक्तापुँजी साढे ३ अर्ब रुपैयाँ रहेको छ। डिलरको आईपीओ निष्कासनपछि चुक्तापुँजी ५ अर्बको हुनेछ। योबाहेक सहभागी संस्थाहरु मिली एउटा बास्केट फन्ड तयारी गर्ने र फन्डको साइज पुँजीको ६ गुणासम्म बनाउन पाउने पोलिसी छ।
सर्वसाधारणका लागि डेढ अर्ब रुपैयाँको आईपीओ भने आगामी २ वर्षभित्रै निष्कासन गर्ने डिलरको तयारी छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago