काठमाण्डौ । सेयर बजार आज बुधबारसहित लगातार ३ दिन बढेको छ। योसँगै नेप्सेमा करिब ४५ अंकको सुधार आएको छ। तर, लगानीकर्ताको विश्वास बढ्न नसक्दा कारोबार र भोलुम खासै बढ्न सकेको छैन।
प्राविधिक रुपमा पछिल्लोपटकको बजारलाई इन्डिकेटरमार्फत हेर्दा भने केही आशा गर्न सकिने अवस्था देखिन्छ। म्याक्डीमार्फत आजको बजारलाई हेर्दा १ महिनापछि बुलिस क्रसओभर बनेको छ। हिस्टोग्राम पनि सकारात्मक बनेको छ।
बोलिंगर ब्यान्डमार्फत नियाल्दा मध्य ब्यान्डनजिक मूल्यरेखा पुगेको अवस्था रहेको छ। तर, मध्य ब्यान्डबाट बजार माथि जान सकेको छैन। यसका लागि बजार १८८३ भन्दा माथि बन्द हुनुपर्नेछ।
आरएसआई पनि बढ्दो गतिमा नै रहेको देखिन्छ। तर, अहिले नै हायर हाई भने बनाउन भने सकेको छैन। बजार माथि नै जानका लागि भने १९०० भन्दा माथि भोलुमसहित बन्द हुनुपर्ने हुन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
24 minutes ago
30 minutes ago
47 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago