काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिम प्रदेशको बझाङमा बीमा सचेतनासम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ।
बीमा सचेतना प्रवर्द्धनमा जीवन बीमा कम्पनीहरुले पनि योगदान पुर्याउनुपर्ने नेपाल बीमा प्राधिकरणको नीतिअनुरुप आयोजना गरिएको यी कार्यक्रममा कम्पनीले मंसिर १० गते बझाङ जिल्ला जयपृथ्वी नगरपालिकास्थित जिल्ला अस्पतालको प्राँगणमा रक्तदान कार्यक्रम सम्पन्न गर्यो। कम्पनीका अभिकर्ता र स्थानीयको उल्लेख्य सहभागिता रहेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने अभिकर्ता तथा स्थानीयलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीले धन्यवाद ज्ञापन गरेका थिए।
यसैगरी कम्पनीले सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै मंसिर ११ गते बझाङको चैनपुरमा रहेको सत्यवादी मावि र बझाङको झोतास्थित भैरव माविका शिक्षक तथा विद्यार्थीलाई छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी बीमा सचेतना सम्बन्धमा जानकारी गराइएको थियो। जसअन्तर्गत कम्पनीका मार्केटिङ विभाग प्रमुख विवेक शर्माले बीमाको महत्व र आवश्यकताका बारेमा प्रकाश पारेका थिए भने सीईओ खत्रीले नेपाल बीमा बजारको अवस्था र सम्भावनाका साथै बीमा ऐन २०७९ मा उल्लेखित आधारभूत विषयहरुका बारेमा सहभागीलाई जानकारी गराएका थिए।
कार्यक्रममा करिब १०० जना शिक्षकको रु. १ लाखको म्यादी जीवन बीमा गरी सीईओ खबीले बीमालेख हस्तान्तरण गरेका थिए।
यसैगरी भैरव माविमा सम्पन्न कार्यक्रममा मिर्गौलापीडित उजाला कुमारी दमाईलाई सीआरएसअन्तर्गत आर्थिक सहयोगस्वरुप रु. २५हजार पनि प्रदान गरिएको थियो।
कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाद्वारा सञ्चालित दुवै कार्यक्रम सीईओ खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा दुवै विद्यालयका करिब ४५० जना शिक्षक तथा विद्यार्थीको उपस्थिति थियो भने सहभागी विद्यार्थीलाई कम्पनीको टि(सर्ट पनि वितरण गरिएको थियो।
21 hours ago
22 hours ago
22 hours ago
22 hours ago
22 hours ago
23 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago