काठमाण्डौ। नेपाल आयल निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

निगमले प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा २ रुपैयाँ बढाएको छ। मूल्यवृद्धिसँगै अब पेट्रोलको खुद्रा बिक्रीमूल्य प्रतिलिटर १०८ रुपैयाँ र डिजेल तथा मट्टीतेलको ९१ रुपैयाँ नयाँ मूल्य कायम भएको छ। 

गत डिसेम्बर १ मा इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार इनधनको भाउ बढेका कारण पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरिएको नेपाल आयल निगमले जनाएको छ। स्वचालित मूल्य कार्यालय कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमको दाबी छ।