काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँ पुगेको छ। 

हिजो आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ बढेर १ हजार २०० रुपैयाँ पुगेको छ। हिजो आइतबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार १९५ रुपैयाँमा किनबेच भएको थियो।