काठमाण्डौ । नेपाली बजारमा बिहीबार सुनको भाउ उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९१ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार २०० रुपैयाँ पुगेको छ।

हिजो बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेर १ हजार २६० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर चाँदी १ हजार २३५ रुपैयाँमा किनबेच भएको थियो।