काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९४ हजार रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो मंगलबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९३ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार १६० रुपैयाँमा किनबेच भएको थियो।