काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको उकालो लागेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ३५० रुपैयाँ कायम भएको छ। 

हिजो सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो। 

आज पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ४४५ रुपैयाँ कायम भएको छ। हिजो पनि भाउ स्थिर रहँदै चाँदी १ हजार ४४५ रुपैयाँमै किनबेच भएको थियो।