काठमाण्डौ। कोरोनाभाइरसबाट बच्न भारतको एक कम्पनीले एन्टीभाइरस कपडा बनाउने घोषणा गरेको छ।

भारतको अरबिन्द लिमिटेडले स्विस टेक्सटाइल इनोभेसन फर्म ह्याक म्याटेरियल एजीसँग सहकार्य गरेर कोरोनाबाट बचाउने कपडा बनाउन लागेको जनाएको छ। कम्पनीले इन्टेलिक फ्याब्रिक्स ब्रान्डका रुपमा पहिलो पटक भारतमा एन्टीभाइरस टेक्सटाइल टेक्नोलोजी प्रयोग गर्ने जनाएको छ। 
यतिबेला कोरोनाका कारण मानिसको दैनिक गतिविधि र रहनसहन परिवर्तन भइरहेको छ। यसका साथै फेसन उद्योगमा पनि बदलाव देखिँदैछ।

कोरोनाको संक्रमणबाट मानिसहरुलाई सुुरक्षित महसुुस गराउन भारतको अरबिन्द लिमिटेडले स्विस टेक्सटाइल इनोभेसन फर्म ह्याक म्याटेरियल एजी र ताइवानको स्पेसलिटी केमिकल कम्पनी मेसर्स जिनेटेक्स कर्पाेरेसनसँग साझेदारी गरेको छ। 

एक अनुुसन्धानका अनुुसार ब्याक्टेरिया र भाइरस कपडामा २ दिनसम्म सक्रिय रहने गर्दछ। कम्पनीले ह्याक भायरो ब्लक प्रक्रियाका माध्यमबाट कपडाको सम्पर्कमा आउनेबित्तिकै भाइरस नष्ट हुुने दाबी गरेको छ। कम्पनीले ग्राहकको स्वास्थ्यप्रति जिम्मेवार हुँदै उनीहरुको आकांक्षा परिपूर्ति गर्ने फेसेनेबल कपडाहरु उत्पादन गर्ने जनाएको छ। – एजेन्सी