काठमाण्डौ । स्मार्टफोनको ब्याट्री विस्फोट वा फोनमा आगो लाग्ने धेरै घटना भएका छन्। धेरैजसो यस्ता घटना स्मार्टफोन प्रयोगकर्ताकै गल्तीका कारण हुने गरेका छन्। 

कतिपय अवस्थामा स्मार्टफोनमा फल्ट हुन्छ तर धेरैजसो अवस्थामा प्रयोगकर्ताको गल्तीका कारण यस्ता दुर्घटना हुने गर्दछ। हाम्रा केही बानीले यस्ता दुर्घटनाको कारण हुन सक्छन्।

उदाहरणका लागि चार्ज गर्दै फोन प्रयोग गर्ने धेरै मानिसको बानी हुन्छ। यो बानीले धेरै क्षति हुनसक्छ। त्यस्तै फोनलाई घन्टौँसम्म चार्जमा छोड्नु पनि धेरै प्रयोगकर्ताका लागि सामान्य भइसकेको छ। यस्तो बानीका कारणले धेरै हानी हुन सक्छ। 

धेरै व्यक्तिको फोन चार्ज गर्दा तातो हुन्छ र यो हुनु सामान्य हो। किनकि चार्ज गर्ने क्रममा फोनको ब्याट्रीबाट धेरै हिट बाहिर निस्कन्छ। तर, ओभरहिटका कारण धेरै दुर्घटना हुने गरेको छ। यस्ता दुर्घटनामा फोनको क्षति हुने गरेको छ। कहिलेकाहीँ प्रयोगकर्ता पनि यसको सिकार बन्छन्।

लामो समयका लागि फोन चार्ज गर्नु

यदि तपाइँ पनि घन्टौँसम्म फोन चार्ज गर्ने मानिसहरुमध्ये हुनुहुन्छ भने यो बानी छाडिहाल्नुहोस्। किन दुर्घटना जोखिम निकैसक्छ। आजकल पावर डिस्कनेक्ट विकल्प धेरै फोनहरुमा उपलब्ध छन्। तर, ती सबै ह्यान्डसेटमा छैन।

यो सुविधा महँगो फोनमा मात्र उपलब्ध छ। यस्तो अवस्थामा तपाइँले आफ्नो फोन घन्टौँ चार्ज गर्नुभयो भने धेरै हिट बाहिर निस्कन्छ। यसले तपाइँको ह्यान्डसेटको मदरबोर्डलाई हानी पुर्याउन सक्छ। काहिलेकाहीँ त फोन पनि विस्फोट हुन्छ। फोन चार्ज गर्नेबित्तिकै यसले हामीलाई अनुमानित समय देखाउँछ र त्यो समयमा हामीले फोन चार्जरबाट हटाउनु पर्छ।

चार्ज गर्दै गेम खेल्दै

यो बानी धेरै मानिसमा हुन्छ। हामीले यसो गर्नबाट जोगिनै पर्छ। किनकि गेम खेल्ने र चार्ज गर्ने दुवै प्रक्रियामा फोनबाट धेरै हिट उत्सर्जन हुन्छ। यस्तो अवस्थामा दुवै कुरा एकसाथ गरेमा फोन धेरै तातिन सक्छ। यदि यस्तो अवस्थामा दुर्घटना भयो भने फोन तपाइँको हातमा हुने हुनाले गम्भीर चोटपटक लाग्न सक्छ।

कुनै पनि चार्जर प्रयोग गर्नु

धेरै मानिसको बानी हुन्छ कि उनीहरु आफ्नो फोन कुनै पनि एडाप्टर वा चार्जरबाट चार्ज गर्छन्। यसो गर्नु भनेको फोनलाई सीधै बिगार्ने प्रयास गर्नु हो। प्रत्येक स्मार्टफोन फरक चार्ज क्षमतासँग आउँछ।

केही २५ वाट चार्जिङ समर्थन गर्दछ र केहीले १५० वाटलाई। यस्तो अवस्थामा कुनै पनि चार्जरबाट फोन चार्ज गर्दा ठूलो हानी हुन सक्छ। फोनको सपोर्टेड चार्जरमात्र प्रयोग गर्नु राम्रो हुन्छ।

फोन चार्ज गर्दै कुरा गर्दै 

धेरैले फोन चार्जमा राखेर कलमा कुरा गरिरहन्छन्। त्यसो गर्नु भनेको दुर्घटनालाई प्रत्यक्ष निम्तो दिनु हो। किनकि चार्ज गर्दा फोनबाट धेरै हिट बाहिर निस्कन्छ र फोन पनि फोन तातेको हुन्छ। दुवै काम सँगै गर्नाले फोनको तापक्रम तीव्रगतिमा बढ्छ। यस्तो अवस्थामा धेरै पटक दुर्घटना हुने गरेको छ। –एजेन्सी