काठमाण्डौ । गत आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भने घाटा व्यहोरेको छ।
आज सार्वजनिक दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले १ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा संस्थाले १ करोड ९९ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ करोड २६ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो।
समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ४.७९ प्रतिशतले घटेर ६ करोड २९ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो आम्दानी ६ करोड ६० लाख रुपैयाँ थियो।
चालु आर्थिक वर्षको ६ महिनामा संस्थाले ८१ करोड २२ लाख सापटी लिई २ अर्ब १२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ९५ करोड ७९ लाख रुपैयाँ सापटी लिई २ अर्ब १३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।
चुक्तापुँजी ६ करोड ६५ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ६.५१ प्रतिशतले बढेर १५ करोड ५३ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा १४ करोड ५८ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा संस्थाको खराब कर्जा (एनपीएल) बढेर ७.१५ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल २.०२ प्रतिशत थियो।
वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४९.०७ रुपैयाँ रहेको संस्थाको पीई रेसियो ६७.२५ गुणाले ऋणात्मक र प्रतिसेयर नेटवर्थ १८३.३९ रुपैयाँ रहेको छ।
संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि कुल ६५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा ६१.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ३.२५ प्रतिशत नगद लाभांश छन्। यो लाभांश पारित गर्न संस्थाले आउँदो फागुन १८ गते १४ औँ वार्षिक साधारणसभा डाकेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले फागुन ४ बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ फागुन ३ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
4 hours ago
4 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
6 hours ago
6 hours ago