– अर्जुन तिमाल्सिना
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्ग इजाजतपत्र प्राप्त वित्तीय संस्था हो। यो संस्थामा प्रभु बैंक, नेष्डो नेपाललगायत अन्य ८३ जना संस्थापक सेयरधनीहरु छन्।
यो संस्था २०७५ फागुन २१ गतेबाट सञ्चालनमा आएको थियो। गत वर्ष यो संस्थाले सर्वसाधरणलाई आईपीओ बिक्री गरेको थियो। संस्थाको संस्थापक समूहको सेयर स्वामित्व ६७.५ प्रतिशत र सर्वसाधारणको ३२.५ प्रतिशत सर्वसाधरणमा रहेको छ।
आधारभूत पक्ष
नेष्डो समृद्ध लघुवित्तको चुक्तापुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ। संस्थाको जगेडामा ६४ करोड ४५ लाख रुपैयाँ रहेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा १९.२८ प्रतिशतले बढी हो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ८६.४५ रुपैयाँ रहेको छ। संस्थाको खुद मुनाफा ११ करोड २ लाख २४ हजार रुपैयाँ रहेको छ। बुक भ्यालु ३५२.७७ रुपियाँ रहेको छ।
संस्थाको रिर्टन अन इक्विटी २४.५१ प्रतिशत रहेको छ। यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा १८.७ प्रतिशतले कम हो। संस्थाको रिटर्न अन इक्विटी, बुक भ्यालु र ईपीएसमा भने गिरावट आएको छ।
गत आर्थिक वर्ष २०७८–७९को मुनाफा नेष्डो समृद्ध लघुवित्तले चुक्तापुँजीको कुल ७३.६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा बोनस सेयर ५० प्रतिशत, नगद लाभांश २० प्रतिशत र कर प्रयोजनार्थ ३.६८ प्रतिशत रकम रहेका छन्।
प्राविधिक पक्ष
सप्लाई डिमान्ड जोनका आधारमा
केही समयपहिले प्रतिकित्ता करिब ३६०० रुपैयाँसम्म सेयरमूल्य पुगेको नेष्डो समृद्ध लघुवित्तको सेयरभाउ आज करिब २०७० सम्म न्यून विन्दु आएर फर्केको छ। क्यान्डल स्टिकका आधारमा हेर्दा आज ह्याम्मर क्यान्डल बनेको छ।
यो संस्थालाई सप्लाई डिमान्डका आधारमा हेर्दा करिब २००० हजार रुपैयाँबाट माग आउन सक्ने देखिन्छ भने सप्लाई करिब २४०० रुपैयाँसम्म आउन सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एण्ड ग्रिड मिटरका आधारमा यो संस्था ३० को तह अर्थात बियरिस सेन्टिमेन्टमा रहेको छ। यो संस्थाको ५२ साताको उच्च मूल्य ३६१५ रुपैयाँ रहेको छ भने न्यून मूल्य भनेको ७९३.३ रुपैयाँ रहेको छ।
बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा
बोलिंगर ब्यान्डका आधारमा नेष्डो समृद्ध लघुवित्तको सेयरमूल्यमा आज तल्लो ब्यान्डमा ब्रेक गरेर क्यान्डल तल झरेको छ (हेर्नुहोस् कालो एरो)। यो संस्थाको सेयरमूल्यले अघिल्लो कारोबारहरुमा मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको थियो।
आरएसआई आज १८ को ओभर सोल्ड जोनमा रहेको छ। म्याक्डीमार्फत हेर्दा हिस्टोग्राम पोजिटिभ रहेका छन् भने भोलुममार्फत हेर्दा यो संस्थामा घट्दो मूल्यमा भोलुम बढेको छ। यसले केही बिक्री दबाब परेको बुझ्न सकिन्छ।
फिवोनासीका आधारमा सपोर्ट विन्दुहरु
फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।
फिवोनासीका सपोर्ट विन्दुहरुका आधारमा यो संस्थाको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ३०३३ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा २६१६ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा २२४१ रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवामा १८८३ रुपैयाँसम्म आउन सक्ने देखिन्छ। जहाँ ०.२३, ०.३८ र ०.५ प्रतिशतको टेवा भत्किसकेका छन्।
निष्कर्ष
आधाभूत रुपमा नेष्डो समृद्ध लघुवित्त सबल संस्था नै देखिन्छ। चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा कम्पनीको जगेडा कोषमा बढोत्तरी देखिन्छ भने प्रतिसेयर आम्दानी, रिटर्न अन इक्विटी र बुक भ्यालुमा गिरावट आएको छ।
प्राविधिक रुपमा फियर एन्ड ग्रिड मिटरमा बियरिस सेन्टिमेन्ट रहेको छ। बोलिंगरमार्फत हेर्दा कम्पनीको मूल्यरेखाले तल्लो ब्यान्डमा आएर फर्केको छ। फिवोनासीका आधारमा हेर्दा यो कम्पनीको सेयरभाउ करिब ०.६१ प्रतिशतमा आएर फर्केको देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago