काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा ह्वात्तै घटेको छ।
आज सार्वजनिक दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बरुण हाइड्रोपावरले खुद नाफा ८७ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ६१.६२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले २ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ३३.५३ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा ५ करोड ३९ लाख रुपैयाँ विद्युत् बिक्रीबाट आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर ३ करोड ५८ लाख रुपैयाँमा सीमित बनेको छ।
कम्पनीको रिजर्भको आकार पनि गत वर्षको तुलनामा ६४.६५ प्रतिशतले घटेर १ करोड १५ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष रिभर्जमा ३ करोड २७ लाख रुपैयाँ थियो।
चुक्तापुँजी २६ करोड ७९ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ८.६५ रुपैयाँ रहेको छ। पीई रेसियो २३.०१ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०४.३३ रुपैयाँ रहेको छ।
5 hours ago
6 hours ago
7 hours ago
7 hours ago
7 hours ago
7 hours ago
8 hours ago
9 hours ago
9 hours ago
11 hours ago