काठमाण्डौ । नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर २ महोत्तरी जिल्लाको बर्दिबासमा शाखा स्थापना गरेको छ । 

उक्त शाखाको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले एक विशेषः समारोहका बीच समुद्घाटन गरेका बैंकले जनाएको छ । 

सो अवसरमा प्रमुख अतिथि मन्त्री पोख्रेलले उत्पादनशील क्षेत्रमा लगानी बढाई देशमा उत्पादन रोजगारी र आय अभिवृद्धिमा योगदान बढाउन बैंकलाई आग्रह गरे । 

नेपाल बैक लिमिटेड संचालक समितिका अध्यक्ष बासुदेव अधिकारीले बैंकले उपलब्ध गराउने व्यवसायिक तथा सहुलियतपूर्ण कर्जा सदुपयोग गरी लाभान्वित हुन स्थानीय उद्यमी, व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गरे ।

नेपाल बैक लिमिटेडका का.मु. सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारीले ऐतिहासिक गरिमा बोकेको नेपाल बैक लिमिटेड आधुनिक बैंकिङ सेवा तथा सुविधा सहित यस क्षेत्रको सेवामा आएको बताए । 

सो कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्की र स्थानीय व्यवसायी रामकुमार गुप्ताले शुभकामना मन्तव्य दिएका थिए ।

प्रदेश २ को बैकको प्रादेशिक कार्यालय प्रमुख प्रतिभा डंगोलको सभापतित्वमा सम्पन्न उक्त समुद्घाटन समारोहमा प्रदेश नम्बर २ उच्च अदालतका न्यायाधीश सीताराम मण्डल, बर्दिवास न.पा वडा नम्बर १४ का अध्यक्ष भरत हमाल लगायत उद्यमी, व्यवसायी तथा सर्वसाधारणको भव्य उपस्थिति थियो ।