बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसबाट बागी उम्मेद्वार बनेका प्रल्हादकुमार क्षेत्रीले अग्रता लिएका छन् । 

यो क्षेत्रीलाई माओवादीको लालकिल्ला मानिन्छ । स्थानीय पार्टी समिति तथा प्रदेश समितिले पनि क्षेत्रीलाई नै मेयरको टिकट दिने निर्णय गरेको थियो । तर, पार्टीको केन्द्रीय समितिबाट त्यसमा हस्तक्षेप गरी चिरञ्जिवी हमाललाई टिकट दिइएपछि क्षेत्रीले पार्टीमा विद्रोह गरी बागी उम्मेद्वारी दिएका थिए । 

क्षेत्रीले ३४५ मतसहित फराकिलो अग्रता लिएका छन् । कांग्रेसबाट आधिकारिक उम्मेदवार रहेका चिरञ्जीवी हमालले भने १० मत मात्रै पाएका छन् । हमाल गृहमन्त्री बालकृष्ण खाँण निकट मानिन्छन् । खाँणकै जोडबलमा क्षेत्रीको टिकट खोसेर हमाललाई दिइएको थियो ।

मत परिणामअनुसार नेकपा एमालेका टेकबहादुर बलम्पाकीले २५६ मतसहित क्षेत्रीलाई पछ्याइरहेका छन् भने माओवादी केन्द्रका उम्मेद्वार राजु खड्का १५६ मतसहित तेश्रो स्थानमा छन् ।