काठमाण्डौ । बलेफी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारणसभा एकैपटक आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभा आउँदो असोज १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।
सभाले कम्पनीको पुँजी वृद्धि गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ। त्यसका लागि १ः१को अनुपात अर्थात १०० प्रतिशत हकप्रद जारी अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
सभाले कर्जा सीमा वृद्धिको स्वीकृति गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७७–७८ र २०७८–७९को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सञ्चालक समितिको पुनर्गठन तथा साधारणरण र स्वतन्त्र सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।
कम्पनी सञ्चालक समितिको गत साउन २ गते बसेको बैठकले चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो। यसअघि गत फागुन १२ गते बसेको सञ्चालक समितिलेको बैठकले चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो।
यसअघि प्रस्तावित हकप्रद सेयर बिक्रीबाट उठ्ने पैसाले बैंकको कर्जा कम गर्न नपुग्ने भएकोले आकार बढाउनुपरेको कम्पनीले जनाएको छ।
29 minutes ago
39 minutes ago
57 minutes ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago