काठमाण्डौ । साहित्यकार तथा उद्योगपति बसन्त चौधरीलाई कोरोना संक्रमण भएको छ । 

सामाजिक सञ्जालमार्फत चौधरीले आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक गरेका हुन् । 

हिजो मध्यराति आएको पीसीआर रिपोर्टमा आफूलाई कोरोना पोजिटिभ देखिएको उनले उल्लेख गरेका छन् । यसअघि पनि उनले पटक पटक पीसीआर जाँच गराउने गरेका थिए । सो क्रममा उनको पीसीआर रिपोर्ट लगातार नेगेटिभ आउने गरेको थियो । 

कोरोना संक्रमण देखिएसँगै कवि तथा उद्योगपति चौधरी ठमेलस्थित आफ्नै निवासमा आइसोलेसनमा बसेका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिएका छन् । 

उनमा पछिल्लो समय कोरोनाको सामान्य लक्षण देखिएको थियो । त्यसपछि पीसीआर टेस्ट गराउँदा रिपोर्ट पोजिटिभ आएको हो । 

उनले आफूसँग पछिल्लो ५ दिनभित्रमा भेटघाट गर्नेहरु सबैले सचेतता अपनाउन समेत आग्रह गरेका छन् । 

यसअघि चौधरीका दाई, नेपालका एक मात्र डलर अर्बपछि विनोद चौधरीलाई पनि कोरोना संक्रमण भएको थियो । उनले कोरोना जितिसकेका छन् ।