काठमाण्डौ । बस सेवा ट्राभल एण्ड टुर प्रा. लि.अन्तर्गतका सेवाग्राहीहरूले आफूले प्रयोग गरेको यात्राको सेवा शुल्क अबदेखि ‘आइएमई पे’मार्फत भुक्तानी गर्नसक्ने व्यवस्था मिलाइएको छ । 

बससेवा ट्राभल एण्ड टुरमार्फत सम्पर्कमा आएका यात्रु एवम् चालकहरुले कुनै पनि आइएमईका व्यवसायिक साझेदार वा ‘आइएमई पे’बाट सेवा शुल्क संकलन तथा भुक्तानी गर्न सक्नेछन् ।

यस व्यवस्थासँगै नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशैंमा आवतजावत गर्ने यात्रुहरुलाई सहज हुने विश्वास राखिएको छ । सम्झौतापत्रमा ‘आइएमई पे’का तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र बससेवा ट्रावल एण्ड टुरका तर्फबाट अध्यक्ष पर्शुराम खनालले  हस्ताक्षर गरे ।