काठमाण्डौ । सामान्यतया कुनै ग्राहक गाडी खरिद गर्न आउँदा शोरुमका कर्मचारी खुसी हुने गर्छन्। तथापि कहिलेकाहीँ ग्राहकहरुले कर्मचारीहरुलाई समस्यामा पार्ने गर्छन्।
भारतको तमिलनाडुमा समेत एउटा यस्तै घटना सार्वजनिक भएको छ। त्यहाँ एकजना ग्राहक आफ्नो मनपर्ने बाइक खरिद गर्न जाँदा शोरुमका कर्मचारीहरुको पसिना छुट्यो। २.६ लाख भारतीय रुपैयाँ मूल्य पर्ने बाइक खरिद गर्न भएका ती ग्राहक १ रुपैयाँको सिक्का भरिएको बोरा लिएर शोरुमा पुगेका थिए।
तमिलनाडुको सेलम सहरको यो घटना अम्मापेटस्थित गान्धी मैदान क्षेत्रका निवासी भूपति नामक युवकसँग जोडिएको छ। भूपति बजाज डोमिनार ४०० सीसीको बाइक किन्न चाहन्थे। यसका लागि उनी १–१ रुपैयाँ जम्मा गरिरहेका थिए। बाइको मूल्यबराबरको सिक्का जम्मा गर्न उनलाई तीन वर्ष लाग्यो।
बाइक किन्ने पैसा जम्मा भएपछि भूपति आफ्ना साथीहरुसँग सिक्काले भरिएको बोरा लिएर शोरुम गए। शोरुमका म्यानेजरका अनुसार बोरामा भरिएको सिक्का गर्न शोरुमका कर्मचारीहरुलाई १० घन्टा लागेको थियो।
भूपति एक निजी कम्पनीमा कम्प्युटर अपरेटरका रुपमा काम गर्छन्। यसका साथै उनले आफ्नो युट्युब च्यानलसमेत खोलेका छन्।
तीन वर्षअघि भूपतिलाई मन परेको बाइकको मूल्य २ लाख भारु पर्थ्यो। आफ्नो इच्छा पूरा गर्न भूपतिले पैसाको जोहो गर्न सुरु गरे। उनले कागजको रुपैयाँलाई सिक्कामा बदल्न थाले। यसका लागि उनले धेरैले मेहनत गर्नुपर्यो। कागजी नोटलाई सिक्कामा बदल्न उनी मदिरा पसल, होटेल र चिया पसलमा धाउन थाले।
सुरुआतमा शोरुमका म्यानेजरले सिक्काले भरिएको बोरा लिन अस्वीकार गरेका थिए। तर, भूपतिको निरन्तरको आग्रहपश्चात म्यानेजरले उनको बाइक किन्ने सपना पूरा गरिदिए। – एजेन्सी
9 minutes ago
28 minutes ago
38 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago