काठमाण्डौ । चीनका विदेशमन्त्री वाङ यीले अमेरिकासँगको सम्बन्ध बढाउनका लागि जो बाइडेनले नेतृत्व गरेको अमेरिकाको नयाँ प्रशासनसामु चिनियाँ प्राविधिक कम्पनीहरुमाथिको दमन रोक्नुपर्ने बताएका छन्।
अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बितेका ३ वर्षको अवधिमा दर्जनौँ चिनियाँ कम्पनीहरुमाथि प्रतिबन्ध लगाएका थिए। ट्रम्पको यो निर्णयका कारण चिनियाँ अगे्रणी दूरसञ्चार कम्पनी हुवावे सबैभन्दा धेरै प्रभावित बनेको छ।
अमेरिकाको प्रतिबन्धका कारण कम्पनी गत वर्ष कम्पनी विश्वको शीर्ष स्मार्टफोन कम्पनीबाट छैटौँस्थानमा पुगेको थियो। ‘चीन र अमेरिकाबीचको सहकार्यलाई निरन्तरता दिनका लागि चीन, अमेरिकाले चिनियाँ कम्पनीहरुमाथिको अनावश्यक दमक र हस्तक्षेप हटाओस भन्ने चाहन्छ’, वाङले भने।
यसका साथै वाङले अमेरिकाले चिनियाँ विद्यार्थीहरुलाई समर्थन गर्न र चिनियाँ सांस्कृतिक समूह र मिडियाहरुमाथिको प्रतिबन्धसमेत हटाउन आह्वान गरेका छन्। ट्रम्पको कार्यकालका दौरान चीन र अमेरिकाबीचको सम्बन्धमा तनावको सिर्जना भएको थियो। तर चीनलाई लिएर जो बाइडेनले के–कस्तो कदम चाल्ने हुने भन्नेबारे भने अहिलेसम्म स्पष्ट भइसकेको छैन।
बाइडेनले गत शुक्रबार अमेरिका, चीनसँगको दीर्घकालीन रणनीतिक प्रतिस्पर्धाका लागि तयार हुनुपर्ने बताएका थिए। यस्तै गत साता अमेरिकी ट्रेजरी सेक्रेटरी ज्यानेट एलेनले ट्रम्पले चिनियाँ वस्तुहरुमाथि लगाएका यसअघिका भन्सार शुल्कहरु यथावत रहने र निष्पक्ष व्यापार प्रति चीनको प्रतिबद्धतामा यसको परिवर्तन निर्भर रहेको बताएकी थिइन्। – एजेन्सी
8 hours ago
9 hours ago
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
15 hours ago