वेब तस्बिर
काठमाण्डौ । बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा घटाउने निर्णय गरेको छ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेको हो। मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलका अनुसार काठमाण्डौ उपत्यकाभित्र चल्ने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडा ५.९ प्रतिशतले घटाउने निर्णय भएको छ। ‘काठमाण्डौ उपत्यकाबाहिर प्रदेशभित्रको लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनको भाडा ४.१८ प्रतिशतले घटाइएको छ’, उनले भने, ‘प्रदेशभित्र चल्ने महालवाहक गाडीको भाडा ५.६९ प्रतिशतले घटेको छ।’
मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको पौडेलले जानकारी दिए। ‘राजपत्रमा प्रकाशन भएपछि नयाँ भाडादर लागू हुनेछ’, उनले भने, ‘सम्भवतः आजै राजपत्रमा नयाँ भाडादर प्रकाशित हुन सक्छ।’
इन्धनको मूल्य ५ प्रतिशतसम्म घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थालाई टेकेर बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago