काठमाण्डौ । युवा वर्गमा बीमासँग सम्बन्धित जनचेतना जगाउने उद्देश्यले महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोजको पहिलो हप्ताबाट सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण राष्ट्रिय अभियान छोटो अवधिमा व्यापक हुँदै गइरहेको छ।
यसै सिलसिलामा म्याग्दीको बेनी र बागलुङबजारमा पनि बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सम्पन्न भएको छ। आज विहान बेनी सामुदायिक माध्यमिक विद्यालयमा सञ्चालन भएको कार्यक्रममा १०५ जना विद्यार्थी सहभागी भएका छन्। प्रधानाध्यापक काशिराम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य एजेन्सी म्यानेजर दिलमाया विटालुले राखेका थिए।
सावित्रा खत्रीबाट सञ्चालित कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक प्रशान्तराज धमला र क्षेत्रीय प्रमुख जमुना आचार्यले युवा विद्यार्थीलाई बीमासम्बन्धी प्रशिक्षण दिएकी थिइन्।
यसै क्रममा हिजो धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा पनि ‘युवासँग महालक्ष्मी लाइफ’ बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ। २५ जना सहभागी भएको कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले गरेका थिए।
कम्पनीको बागलुङ कार्यालय प्रमुख विश्वनाथ आचार्यबाट सञ्चालित कार्यक्रममा प्रशान्तराज धमला र जमुना आचार्यले बीमासम्बन्धी प्रशिक्षण दिएका थिए।
14 minutes ago
39 minutes ago
46 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago