काठमाण्डौ । भारतमा पतञ्जलिको स्वामित्वमा रहेको रुचि सोयाको एफपीओ छिटो आउँदैछ। कम्पनीले एफपीओ जारी गर्ने सबै तयारी पूरा गरिसकेको छ। सेयर बजार नियामक सेबीले पनि एफपीओ जारी गर्ने अनुमति दिइसकेको छ। तर रुचि सोयाको एफपीओ आउनुअघि विवादमा परेको छ।

योगगुरु बाबा रामदेवले आस्था च्यानलको एउटा कार्यक्रममा योग गर्न आएका मानिसहरुलाई करोडपति बनाइदिने दाबी गरेपछि विवाद सिर्जना भएको छ। यही मुद्दालाई लिएर सेयर बजार नियामक सेबीले बाबा रामदेवविरुद्ध नोटिस पनि जारी गरेको छ।

बाबा रामदेवले योग कार्यक्रममा सहभागीहरुलाई छिटै सोयाको एफपीओ आउने र अवश्य खरिद गर्न सुझाएका थिए। ‘सोयाको एफपीओ किनेर राख्नुहोस्, यसले तपाइँहरुलाई करोडपति बनाउने प्रत्याभूमि म गर्छु’, उनले भनेका छन्।

सेबीको विनियम २०१८ मा कुनै पनि सार्वजनिक निष्कासनअघि पैसा बढ्ने, मुनाफा हुनेजस्ता दाबी गर्न नपाइने नियाम छ। तर बाबा रामदेवले यो नियमको ठाडो उल्लंघन गर्दै सर्वसाधारणलाई करोडपतिसम्म बनाइदिने सपना देखाइदिएका छन्। यही कारणले सेबीले बाबा रामदेवविरुद्ध नोटिस जारी गर्दै यस विषयमा चित्तबुझ्दो जबाफ पठाउन भनेको छ। 

सेबीले रुचि सोनाको एफपीओ जारीका माध्यमबाट भारु ४३ अर्ब रुपैयाँ जुटाउने पतञ्जलिको प्रस्तावलाई मन्जुरी दिएको छ। –एजेन्सी