काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले ७ करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ। 

बाराही हाइड्रोपावरले नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। 

धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरका कुल ७ लाख कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

बाराही हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ।