काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ।
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्ड एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले नियमावलीको नियम २७ (२) र नियम २८ संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
सोही सभाले संस्थापक सेयरधनीहरुबाट ४ जना, सर्वसाधारण सेयरधनीबाट १ जना र स्वतन्त्र सञ्चालक १ जना गरी सञ्चालक समितिको निर्वाचन गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ चैत १२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन पाउनेछन्।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago