काठमाण्डौ । नेपालभर इन्टरनेटरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइबरनेटले काठमाण्डौ बालाजुको लोलङ हाइटमा पनि सहवितरण शोरुम खोलेको छ।

यही माघ २३ देखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त शोरुमको सञ्चालन बालाजु इलेक्ट्रिक ट्रेडर्सले गर्नेछ।

शोरुम उद्घाटन डिशहोमका तर्फबाट नेसनल सेल्स म्यानेजर मनोज शर्मा, एरियासेल्स म्यानेजर उज्ज्वल न्यौपाने र सेल्स अफिसर राम सुन्दर सिलाकर र रविन थापाको उपस्थितिमा भएको थियो।

विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशहोमको डीटीएच सेवा ग्राहकमाझ पुर्याउँदै आएको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब डिशहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ शोरुममार्फत दिनेछ। 

१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको बालाजु इलेक्ट्रिक ट्रेडर्सले अब अझ बढी ग्राहकमाझ पुग्नका लागि पनि यस नयाँ शोरुमले मद्दत गर्ने बालाजु इलेक्ट्रिक ट्रेडर्सका सञ्चालक मानव श्रेष्ठले जानकारी दिए।