काठमाण्डौ । इन्डोनेसियाको बालीमा विदेशी पर्यटकलाई बाइक भाडामा दिन प्रतिबन्ध लगाउने तयारी गरिएको छ। यसका लागि योजना तयार पार्ने काम भइरहेको छ।

विगतमा बालीमा ट्राफिक नियम उल्लंघनका धेरै घटना बाहिर आएपछि यस्तो गरिएको हो। गभर्नर आई वेन कोस्टरले भने, ‘सर्ट वा कपडा नलगाई, हेलमेट र लाइसेन्स बिना बाइकमा यो टापुमा घुम्नु हुँदैन।’

पर्यटकले अब ट्राभल एजेन्टले उपलब्ध गराएको सवारीसाधनमात्र प्रयोग गर्नुपर्ने नियम ल्याउन लागिएको कोस्टरले बताए। 

कोरोना महामारीका कारण मुलुकको पर्यटन क्षेत्रले नोक्सान पुर्याइरहेको हुनाले यो योजनालाई लिएर विभिन्न धारणा छन्। 

स्थानीय प्रहरीको रेकर्डअनुसार फेब्रुअरीको अन्तिम सातादेखि मार्चको सुरुका केही दिनसम्म करिब १७१ विदेशी पर्यटकले ट्राफिक नियम उल्लंघन गरेका थिए। कतिपय पर्यटकले नक्कली लाइसेन्स प्लेट पनि प्रयोग गरेको भेटिएको थियो। कोस्टरले भने, ‘पर्यटक हो भने पर्यटकजस्तै व्यवहार गर्नुपर्छ।’

बाली घुम्न आउने विदेशी पर्यटक प्रायः घुम्नका लागि बाइक भाडामा लिने गर्छन्। प्रस्तावित ऐन यसै वर्षदेखि लागू हुने बताइएको छ। –एजेन्सी