काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता कायमै राखेका छन्। 

हालसम्म काठमाण्डौ महानगरपालिकामा १ लाख ९ हजार ५०० गनिसक्दा बालेन एक्लैले ३९ हजार ६ मत पाएका छन्। 

बालेनको निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २२ हजार ७२ मत पाएकी छन्। उनी बालेनभन्दा १६ हजार ९७४ मतले पछि छिन्। 

मत परिणामअनुसार एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा छन्। स्थापित बोलनभन्दा १७ हजार ४३५ मत र सिंहभन्दा ५०१ मतले पछि परेका छन्। उनले २१ हजार ५७१ मत पाएका छन्।