काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहको मत ४४ हजारनजिक पुगेको छ। 

हालसम्मको मतगणनाअनुसार बालेनले ४३ हजार ८५० मतसहित अग्रता कायमै राखेका छन्। निकटतम प्रतिद्विन्द्वी कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९४४ मत ल्याएकी छन् भने एमालेका केशव स्थापित २५ हजार ५९ मतसहित तेस्रो स्थानमा छन्। 

सिर्जनालाई बालेनले १७ हजार ९०६ मत अन्तरले पछि पारेका छन्। केशवभन्दा बालेन १८ हजार ७९१ मत अन्तरले अगाडि छन्। सिर्जना केशवभन्दा ८८५ मत अन्तरले अगाडि छिन्।